कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘लम्फू’ का गीत 

काठमाडौँ — ‘लम्फू’ का अडियो गीतहरू सार्वजनिक भएका छन् । चारै गीतमा संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ । ती गीत प्रमोद खरेल, शिव परियार, दुर्गा खरेल, शुरेश लामा र अप्सरा घिमिरेले गाएका हुन् ।

‘लम्फू’ का गीत 

‘सँगै जिउने सँगै मर्ने...’, ‘तिम्लाई भुलेर...’, ’दोधार दोधारमा...’ र ‘सुको छैन यार...’ गीत फिल्ममा समावेश छन् । दिग्गज धौलारी, युवराज सापकोटा, प्रमोद ढुंगाना र नरेश भट्टराईले लेखेका गीतहरू निकै अर्थपूर्ण रहेको संगीतकार पोखरेलले दाबी गरे ।

गोपालचन्द्र लामिछानेले निर्देशन गरेको फिल्ममा सलोन बस्नेत, मरिष्का पोखरेल, चाँदनी शर्मा, कबिर खड्का, सञ्जित भण्डारी लगायतको अभिनय छ ।


प्रकाशित : माघ १६, २०७४ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?