नेपाल बारेको फिल्म उत्कृष्ट सूचीमा

कान्तिपुर संवाददाता

काठमाडौ — नेपालमा खिचिएको एक चलचित्रलाई बीबीसीले सन् २०१३ को उत्कृष्ट सूचीमा राखेको छ । बीबीसीका फिल्म समीक्षक टम ब्रुकले तयार पारेको उत्कृष्ट १० को सूचीमा नेपालमा खिचिएको फिल्म मनकामनालाई उत्कृष्ट ठहराइएको हो ।

ब्रुकले तयार पारेको सूचीमा मनकामनालाई छैठौं नम्बरमा राखिएको छ ।

नेपालमा खिचिएको एक चलचित्रलाई बीबीसीले सन् २०१३ को उत्कृष्ट सूचीमा राखेको छ । बीबीसीका फिल्म समीक्षक टम ब्रुकले तयार पारेको उत्कृष्ट १० को सूचीमा नेपालमा खिचिएको फिल्म मनकामनालाई उत्कृष्ट ठहराइएको हो ।

ब्रुकले तयार पारेको सूचीमा मनकामनालाई छैठौं नम्बरमा राखिएको छ । गोरखा जिल्लामा पर्ने प्रसिद्ध मनकामना दर्शनका लागि केबुलकार चढेर जाने एक तीर्थयात्री समूहमाथि फिल्म बनेको छ । स्टेफिन स्प्रे र पाचो भेलेजले निर्देशन गरेको फिल्मले नेपाली तीर्थयात्रुको भिन्न भिन्न मनोदशा व्यक्त गर्ने फिल्लम एक घण्टा ५८ मिनेटको छ ।

स्वीजरल्याण्डको लोकार्नो फिल्म फेस्टिभल, क्यानडाको टोरेन्टो फिल्म फेस्टिभल, अमेरिकाको न्यूयोर्क फिल्म फेस्टिभल र एएफआई फेस्टमा प्रदर्शित फिल्मले समीक्षकबाट प्रशंसा पाएको थियो ।

सन् २०१४ फेब्रुअरीमा हुने ओस्कार अवार्ड समारोहमा पूर्वसन्ध्यामा बीबीसीको यो सूची सार्वजनिक भएको हो । सूचीमा सन् १८४० दशकताका वेलायतमा रहेको दासताबारे निर्मित चलचित्र टुवेल्भ ईयर्स अ स्लेभलाई एक नम्बरमा राखिएको छ ।

कम्प्युटरले निर्माण गरेको महिला स्वरमा लठ्ठ हुने पुरुष पात्रको चरित्रमा निर्मित अमेरिकी फिल्म 'हर' लाई सूचीको दोस्रो स्थानमा राखिएको छ । सन् २०१३ मा निर्माण गरिएको थि्रलर फिल्म ग्राभिटी सूचीको तेस्रो स्थानमा छ ।

प्रकाशित : पुस १४, २०७० ०१:००
प्रतिक्रिया
पठाउनुहोस्

उत्तरपश्चिमी वायुले बढायो चिसो

अब्दुल्लाह मियाँ

काठमाडौं — तराईको आकाशमा हुस्सु र बादल अझै केही दिन जारी रहने मौसमविद्हरूले बताएका छन् । पहाडी भागमा भने बिहान हुस्सु लागे पनि दिउँसो आकाश खुल्ने उनीहरूको अनुमान छ । हिमाली भागमा भने हिमपात हुने भएकाले जनजीवन प्रभावित हुने उनीहरूले उल्लेख गरे ।


मौसमविद् मणिरत्न शाक्यका अनुसार तराईमा समथर भूमि भएका कारण चिसो हावाको मात्रा बढेर शीतलहर चल्ने भएको हो । बाक्लो हुस्सु र कुहिरोले सूर्यको किरण छेकिने भएकाले झनै शीतलहर चल्न मद्दत पुग्ने मौसमविद्हरूको भनाइ छ ।  
केही दिनदेखि चलेको शीतलहरका कारण तराईका विभिन्न जिल्लाको जनजीवन प्रभावित बनेको छ । केही ठाउँमा कठ्यांगि्रएर वृद्धवृद्धा र अशक्तको ज्यान गुमिसकेको छ । मौसमविद् र वातावरणविद्ले शीतलहरलाई पनि प्राकृतिक विपत्तिको संज्ञा दिएका छन् ।
मौसमविद् राजेन्द्रप्रसाद श्रेष्ठका अनुसार जम्मुकश्मीरमा केही दिनदेखि पानी परिरहेकाले त्यहाँबाट बहेर आउने उत्तरपश्चिमी वायुको प्रभावले गर्दा पूर्वी तराई र मध्यभागमा असर परेको हो । भारतको उत्तराखण्ड र हरियाणालगायत स्थानमा पानी परेपछि झनै असर बढै जाने उनले बताए । उत्तरपश्चिमबाट आउने वायु हिमालसँग छोएर बहने भएकाले पनि चिसो बढ्न सहयोग पुगेको मौसमविद् शाक्यले जानकारी दिए । 'हावाको गति बढ्ता तापक्रम पनि घट्ने भएकाले चिसो बढेको महसुस हुन्छ,' शाक्यले शनिबार कान्तिपुरलाई भने, 'यो क्रम पुस मसान्तसम्मै चलिरहन्छ ।'  
जल तथा मौसम पूर्वानुमान महाशाखाले तराईको पूरै भागमा अझै केही दिन बादल लाग्नुका साथै बाक्लो हुस्सु जारी रहने अनुमान गरेको छ ।
'मध्य फागुनसम्मै तराईको आकाशमा बादलचाहिँ लागिरहनेछ,' मौसमविद् श्रेष्ठले भने, 'मौसममा उतारचढाव आइरहनु स्वाभाविकै हो ।' पूर्वी भागका तुलनामा मध्य र पश्चिम भागका सिमरा, भैरहवा, भरतपुर, पोखरा, दाङ, सुर्खेत र नेपालगन्जलगायत क्षेत्रमा हुस्सु र बादल कम लागेको छ ।
मध्यपश्चिमको नेपालगन्ज, सुर्खेतको वीरेन्द्रनगर, सुदूरपश्चिमको धनगढी, महेन्द्रनगर र दिपालयमा भने शनिबार दिउँसो घाम लागेको थियो । शनिबार अधिकतम सबैभन्दा कम तापक्रम काठमाडौंमा -८.५ डिग्री सेल्सियस) रेकर्ड भयो भने सबैभन्दा बढी धनगढीमा -२४.२ डिग्री सेल्सियस) रेकर्ड भयो । सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ४.५ र सबैभन्दा बढी विराटनगरमा १०.३ रेकर्ड भएको छ । विराटनगर, धनकुटा, ओखलढुंगा, ताप्लेजुङलगायत स्थानमा केही दिनदेखि तापक्रममा गिरावट आएको महाशाखाले जनाएको छ ।

प्रकाशित : पुस १४, २०७० ००:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×