कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

दीपिका पादुकोणलाई फाप्यो २०१३

काठमाडौ — वर्ष २०१३ ले नायिका दीपिका पादुकोणलाई सफलता नै सफलता चखाएर जाँदै छ ।

त्यसो त उनले यही खुशीमा केही दिनअघि आफ्ना समकक्षी, फिल्मकर्मीलाई निम्त्याएर ग्रान्ड पार्टी नै दिइन् । यस वर्ष 'रेस २', 'चेन्नाई एक्सप्रेस', 'ये जवानी है दिवानी' र 'रामलीला' कुनै पनि फिल्मले उनलाई दुःखी बनाएनन् । अथवा भनौं, सय करोडवाली नायिकामा उनलाई सबै फिल्मले स्थापित गरिदिए । गत वर्ष यसै गरी ब्याक टू ब्याक सय करोड क्लबका फिल्म दिएर 'दबंग' छवि बनाएका सलमान खानलाई यसपालि दीपिकाले जितिन् ।
विभिन्न सर्वेक्षणमा नम्बर एक नायिका दरिएकी दीपिका पहिलो फिल्म 'ओम शान्ति ओम' बाटै बलिउडका 'किङ खान' शाहरुखसँग जोडी बाँधेर देखा परेकी थिइन् । त्यसपछि शाहरुखसँगैको 'चेन्नाई एक्सप्रेस' ले पनि सफलता दिएपछि अब उनी कुन नायकसँग काम गर्न चाहन्छिन् होला त ?
'मलाई सलमान खान, आमिर खान र हृतिक रोशनसँग काम गर्न मन छ ।' हरेक वर्ष कुन नायकसँग काम गर्न मन छ भन्ने सवाल सुन्दासुन्दै हैरान भइसकेकी दीपिकाले अन्ततः यति बेला आफ्नो मनको चाह पोखेकी छन् । अहिलेसम्म यी तीन नायकसँग उनले फिल्ममा देखिन पाएकी छैनन् । त्यसैले पनि उनी एकदुई वर्षभित्रै यी नायकहरूसँग स्त्रिmन सेयर गर्न पाउनेमा आशावादी छिन् । तर त्यो आउने वर्ष सम्भव हुने सम्भावना कम छ । किनकि, सन् २०१४ मा आउने तीनमध्ये एकमा रजनीकान्त, अर्कोमा अर्जुन कपुरसँग देखिँदै छिन् भने तेस्रो फिल्म 'ह्याप्पी न्यु इयर' मा उनी शाहरुखसँग ह्याटि्रक गर्दै छिन् ।

प्रकाशित : पुस ११, २०७० ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?