कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५५

नेपाली मुलका भण्डारीलाई अमेरिकामा सम्मान

काठमाडौँ — नेपाली मुलका युवा प्रवीन भण्डारी सोमबार अमेरिकामा सम्मानित भएका छन् । उनलाई ‘प्रेसिटेन्ट लाइफटाइम अचिभमेन्ट अवार्ड’ द्वारा सम्मान गरिएको हो । उनले ४१ सय घन्टा स्वयंसेवा गरेर आफ्नो समुदाय र समाजमा योगदान दिएको भन्दै अमेरिकी सरकारको एक महत्वपूर्ण अवार्ड प्रदान गरिएको हो ।

नेपाली मुलका भण्डारीलाई अमेरिकामा सम्मान

मेरिल्यान्डस्थित बाल्टिमोरमा बसोबास गर्दै आएका युवा गैरनाफामूलक संस्था स्टार स्कलर नेटवर्कले अवार्डको लागि सिफारिस गरेको हो । पर्वतका भण्डारीले अमेरिकामा बसेर नेपाली समुदाय तथा अमेरिकी समुदायलाई कोभिड–१९ र अन्य समयमा समेत सहयोग गर्दै आएका छन् ।

महत्वपूर्ण अवार्ड पाएकोमा भण्डारीले खुसी व्यक्त गरे ।


प्रकाशित : चैत्र १३, २०८० १९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?