लन्डनमा उल्लासमय बिस्का : जात्रा

वैशाख २, २०८१

नवीन पोखरेल

Celebrating Bisca in London: Pilgrimage

लन्डन — सात समुद्रपार भएपनि लन्डन प्लमस्टिडको माहोल शनिबार भक्तपुरझैं देखिन्थ्यो । लन्डनबाहेक केन्ट, अल्डरसट, रेडिङ, बर्मिङहम, म्यान्चेस्टरदेखि स्कटल्यान्ड आदि सहरबाट समेत ओइरिएका नेपालीहरु मौलिक नेवारी पहिरन र गरगहनामा सजिएका थिए ।

धिमेबाजा र ढाः बाजासहित मौलिक भैरव नाच, कालभैरव र ख्या नाच हेर्न झुम्मिइरहेका थिए । बेलायतमा पछिल्लो दश वर्षमा पहिलोपटक ख्या नाच हेर्न पाउँदा  तँछाडमछाड चलेको थियो ।

बेलायतमा जन्मिएर यतै हुर्किएका किशोरकिशोरी समेत मौलिक नेवारी बाजा बजाउँदै रमाइरहेका थिए । दिनभर धिमे बाजा र ढाः बाजा गुन्जिइरह्यो ।नेपालकै झल्को दिने गरि शनिबार दोश्रो लन्डन बिस्का जात्रा भएको छ ।

पासा पुचः गुथि यूकेले एसियन कम्युनिटी हलमा जात्रा गरेको हो । जात्रा हेर्न करिब १७ सय नेपाली सहभागी भएका आयोजकले जनाएका छन् ।Celebrating Bisca in London: Pilgrimage

बेलायतमै निर्माण गरिएका भैरवनाथ र भद्रकालीका रथले दर्शकको मन तानिरहेका थिए । परम्पराअनुसार मौलिक बाजागाजा र नाचगानसहित दुवै रथ तान्दै ख्य (मैदान) मा ल्याएर योसिंद्यो (लिंगो) उठाएपछि बिस्का जात्रा सुरु भएको थियो । त्यसपछि जात्राका सबै सहभागीलाई समे बजी दों बाँडेर अन्त्यमा योसिंद्यो ढालेर दुवै रथलाई तीनपटक जुधाइएको थियो ।

जात्रास्थलमा मौलिक नेवारी कला, संस्कृति झल्काउने कल्चरल एण्ड हेरिटेज फोटो प्रदर्शनी गरिएको थियो । नेपाल र बेलायतमै खिचिएका ८० थान तस्बिर प्रदर्शन गरिएको हो ।लन्डन बिस्का जात्रामा नेवारी तथा नेपाली खानाका सातवटा स्टल राखिएका थिए जसमा बिस्का भ्वयः, समे बजी, योमरी, वोः, छोइला, सेकुवा, मम, पानीपुरी, सेलरोटी, चटपटेजस्ता परिकार थिए ।बालबालिकाका लागि फेस पेन्टिङको व्यवस्था थियो ।Celebrating Bisca in London: Pilgrimage

आयोजकले कला, संस्कृतिसम्बन्धी प्रश्नहरुको सही जवाफ दिनेलाई पुरस्कृत समेत गरे ।सम्बोधनका क्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेवा समुदाय कला, संस्कृतिका हिसाबले निकै धनी भएको बताउँदै बिस्का जात्राले नेपालको सांस्कृतिक पर्यटन प्रवर्धनमा समेत टेवा पुरयाएको जनाए ।

विशेष अतिथिहरु लन्डन ग्रीनवीच बरोका उपमेयर जीत रानाभाट र गुठी तथा सांस्कृतिक अभियन्ता गणपतिलाल श्रेष्ठले शुभकामना दिँदै मौलिक बिस्का जात्रा गरेर प्रवासमा समेत नेवा कला, संस्कृति प्रवर्धनमा आयोजकले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका बताए ।Celebrating Bisca in London: Pilgrimage

आयोजक गुथिका अध्यक्ष सुशील प्रजापतिले जात्रामा उल्लेख्य सहभागिताले आफूहरु थप उत्साहित बनाएको  बनाउँदै भविष्यमा अझ परिष्कृत गरिने बताए । उनले सहयोगी सबैप्रति आभार पनि व्यक्त गरे ।महासचिव नगेन्द्र श्रेष्ठले सञ्चालन गरेको औपचारिक कार्यक्रममा संयोजक गुथिका साउथ इष्ट शाखा अध्यक्ष माधवलाल श्रेष्ठले सबैलाई स्वागत गरेका थिए ।

नवीन

Link copied successfully