कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

योजना आयोगद्वारा १६ औं योजनाका लागि विकास साझेदारसँग सुझाव संकलन  

काठमाडौँ — राष्ट्रिय योजना आयोगले १६औं योजना र अतिकम विकसित मुलुक (एलडिसी) बाट विकासशील मुलुकमा स्तरोन्नतिका विषयमा अन्तर्राष्ट्रिय विकास साझेदारहरुसँग छलफल गरेको छ ।

योजना आयोगद्वारा १६ औं योजनाका लागि विकास साझेदारसँग सुझाव संकलन  

आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको अध्यक्षतामा मंगलबार भएको छलफलमा संयुक्त राष्ट्र संघ, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष लगायत विभिन्न देशका राजदूत तथा प्रतिनिधिहरुले सुझाव दिएका छन् ।

आयोगले आगामी ५ वर्षका लागि तयार गरिरहेको १६ औं योजनाका लागि विभिन्न क्षेत्र तथा सरोकारवालाहरुसँग सुझाव लिइरहेको छ । सोही क्रममा मंगलबार आयोगले अन्तर्राष्ट्रिय विकास साझेदार समूहसँग छलफल गरेको हो ।

नेपालस्थित अन्तर्राष्ट्रिय विकास साझोदार समूहको नेतृत्व हाल संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय प्रतिनिधि हाना सिंगर हाम्दी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेइक्काले संयुक्त रुपमा गरिरहेका छन् ।

नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि हाम्दीले सफल एलडीसी स्तरोन्नति पछि नेपाल विकासको अर्को अध्यायमा प्रवेश गर्ने बताइन् । १६ औं योजनामा एलडीसी स्तरोन्नतिका सन्दर्भमा पनि सोच्नु पर्ने उनको सुझाव थियो । अन्य सहभागी विकास साझेदारहरुले आफ्नो कन्ट्री प्रोगामलाई १६ औं योजना र अतिकम विकसित मुलुक (एलडीसी) बाट विकासशील मुलुकमा स्तरोन्नति रणनीतिसँग तादम्यता मिलाउनुपर्ने बताएका छन् ।

आयोगका उपाध्यक्ष श्रेष्ठले विकास साझेदारहरुबाट धेरै राम्रा सुझावहरु आएको बताए । नेपालको विकासका लागि विकास साझेदार समूहले गर्दै आएको सहयोगको लागि धन्यवाद दिँदै आएका सुझावहरु १६ औं योजना र 'स्मुथ ट्रान्जिसन स्ट्रेटिजी फर एलडिसी' मा समावेश गर्ने प्रतिबद्धता जनाएका छन् । आयोगले मंगलबारै १६औं योजनाको सन्दर्भमा राष्ट्रिय विकास परिषद्का नवनियुक्त सदस्यहरुसँग पनि छलफल गरेको थियो ।

प्रकाशित : माघ १६, २०८० २२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?