२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

११६ कम्पनीको सेयर मूल्य बढ्दा १०० को घट्यो 

कान्तिपुर संवाददाता

काठमाडौँ — सोमबार ११६ कम्पनीको सेयर मूल्य बढ्दा १०० को घटेको छ भने ८ को स्थिर रहेको छ । धेरैजसो कम्पनीको सेयर मूल्य बढ्दा पनि परिसूचक नेप्से भने अघिल्लो दिनको तुलनामा ३.२ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २०४८ अंकमा कायम भएको छ ।

११६ कम्पनीको सेयर मूल्य बढ्दा १०० को घट्यो 

कुल २ अर्ब ३३ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनभन्दा घटेको हो । हिजो २ अर्ब ६८ करोडको कारोबार भएको थियो । बैंकिङ १२, जलविद्युत् ७ र अन्य उपसमूह ५ अंक घटे । विकास बैंक ५३, फाइनान्स २८, होटल तथा पर्यटन ७६, जीवन बीमा ६०, उत्पादन ४, माइक्रोफाइनान्स ११, निर्जीवन बीमा ७ र व्यापार उपसमूह २७ अंक बढे ।

नेपाल रिपब्लिक मिडियाको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । गोर्खा फाइनान्सको मूल्य ९.७ प्रतिशत बढ्यो । छ्याङदी हाइड्रोको मूल्य सबैभन्दा धेरै ६ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा आईएमई लाइफ इन्स्योरेन्स, नेपाल रिपब्लिक मिडिया, सोल्टी होटल, एभरेस्ट बैंक र शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।


प्रकाशित : श्रावण २२, २०८० १६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?