कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११२

सरकारले विवादास्पद भ्यू टावर ब्युँत्यायो

काठमाडौँ — अध्ययनबिना डाँडाहरुमा जथाभावी भ्यू टावर बनाएर बजेट दोहन गरेको भन्दै आलोचना खेपेको सरकारले फेरि भ्यू टावर निर्माणलाई ब्युँत्याएको छ । 

सरकारले विवादास्पद भ्यू टावर ब्युँत्यायो

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार नीति तथा कार्यक्रममार्फत सरकारले आगामी आर्थिक वर्ष टाकुरा पर्यटकीय कार्यक्रम घोषणा गरे । उनले भने, ‘पर्यटकीय सम्भावना भएका पहाडी भूभागमा स्थानीय स्रोत साधनको प्रयोग गरी रोजागारी सिर्जना गर्दै तीनै तह र निजी क्षेत्रको समन्वयमा टाकुरा पर्यटकीय गन्तव्य विकास गरिने बताए ।

पर्यटकीय सम्भावना भएका पहाड भूभाग स्थानीय स्रोत साधनको प्रयोग तथा रोजगारी सिर्जना हुने गरी तीनै तहको निजी क्षेत्रको समन्वयमा टाकुर पर्यटकीय गन्तव्यको विकास गरिने छ ।

पहाड तथा अग्ला डाँडामा बिनाअध्ययन भ्यू टावर बनाउने होड चलेपछि तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले ०७४/०७५ सालमा भ्यू टावरमा बजेट विनियोजन रोकेका थिए । अग्ला पहाड आफैंमा उचाईमा रहने भएकाले स्व. अधिकारीले इन्जिनियरी अध्ययनबिना उपभोक्ता समितिहरुले बनाउने भ्यूटावरको बजेट रोकेका थिए । यस वर्ष पर्यटन मन्त्रालय पुन यो कार्यक्रमलाई ब्युँताएको छ ।

अहिले भ्यू टावर निर्माणका लागि केन्द्रीय सरकारले प्रदेश र स्थानीय सरकारलाई बाटो खुला गर्दै निजी क्षेत्रलाई पनि लगानीका लागि बाटो खुला गरेको छ ।


प्रकाशित : जेष्ठ १, २०८१ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

‘नैतिक चरित्र’ मा गम्भीर प्रश्न उठेका निर्वाचन आयुक्त पदमा प्रस्तावित कृष्णमान प्रधानलाई अब संसदीय सुनुवाइ समितिले के गर्नुपर्छ ?

×