कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

बैंकर्स संघको अध्यक्षमा सुनिल केसी, १० सदस्यीय कार्यकारिणी समिति गठन

काठमाडौँ — नेपाल बैंकर्स संघको अध्यक्षमा सुनिल केसी नियुक्त भएका छन् । एनएमबी बैंकका सीईओ समेत रहेका केसी निर्विरोध निर्वाचित भएका हुन् । यसअघिका अध्यक्ष कृषि विकास बैंकका सीईओ अनिलकुमार उपाध्यायको सो बैंकमा कार्यकाल समाप्त भएसँगै संघको नयाँ अध्यक्षमा केसी निर्विरोध निर्वाचित भएका हुन् ।

बैंकर्स संघको अध्यक्षमा सुनिल केसी, १० सदस्यीय कार्यकारिणी समिति गठन

केसी यसअघि संघको उपाध्यक्ष पदमा थिए । २०७३ फागुनदेखि एनएमबी बैंकको सीईओ रहेका केसीसँग बैंकिङ क्षेत्रको ३ दशकको अनुभव छ । त्यस्तै संघको कार्यकारिणी समितिको उपाध्यक्षमा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला २ वर्षको लागि मनोनित भएका छन् । निवर्तमान अध्यक्षमा नबिल बैंकका सीईओ ज्ञानेन्द्रप्रसाद ढुंगाना, सदस्यहरुमा लक्ष्मी बैंकका सीईओ अजयविक्रम शाह, एसबीआई बैंकका सीईओ दीपककुमार दे, नेपाल बैंकका सीईओ कृष्णबहादुर अधिकारी, एनआईसी एसियाका सीईओ रोशनकुमार न्यौपाने, एभरेस्ट बैंकका सीईओ सुदेश खालिङ, सनराइज बैंकका सीईओ सुमन शर्मा रहेका छन् । सल्लाहकारमा हिमालयन बैंकका सीईओ अशोक समशेर जबरा छन् ।


प्रकाशित : पुस २८, २०७९ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?