कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रोबायोटिकका उत्पादन ‘अयोग्य’

काठमाडौँ — प्रोबायोटिक इन्डस्ट्रिज प्रालिबाट उत्पादित खाने तेल ‘खान अयोग्य’ भएको फेला परेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आकस्मिक निरीक्षण गर्दा उक्त उद्योगको तेल गुणस्तरहीन फेला परेको हो ।

प्रोबायोटिकका उत्पादन ‘अयोग्य’

‘निरीक्षणका क्रममा उद्योगबाट उत्पादित तोरी, भटमास र सूर्यमुखीको प्रशोधित तेलको नमुना र उत्पादनका निमित्त आवश्यक पर्ने अप्रशोधित तेलको नमुना संकलन गरेका थियौं,’ बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सहसचिव एवं प्रवक्ता नवराज ढकालले भने, ‘संकलित नमुना गुणस्तर तथा नापतौल विभागको प्रयोगशालामा परीक्षण गर्दा खान अयोग्य भेटियो ।’

सनफ्लावर, भटमास र तोरीको तेल अयोग्य भएकाले थप कारबाही अघि बढाएको मन्त्रालयले जनाएको छ । ‘उद्योग हेर्दा साह्रै सफा थियो । कैफियत छ जस्तो लागेको थिएन,’ पत्रकार सम्मेलनमा मन्त्री यादवले भने, ‘तर, परीक्षणका क्रममा कैफियत फेला पर्‍यो । उद्योगलाई उपभोक्ता संरक्षण ऐन २०५४ अनुसार कारबाहीका लागि अघि बढाएका छौं ।’

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार सनफ्लावर तेलमा एसिड भ्यालु अधिकतम ० दशमलव ४ प्रतिशत हुनुपर्नेमा ० दशमलव ६ प्रतिशत भेटिएको थियो । भटमासको तेलमा प्रिफयाक्ट्रिज एसिड ० दशमलव २५ हुनुपर्नेमा ० दशमलव २ मात्रै थियो ।

तोरीको तेलमा सपलिकेसन भ्यालु १६८ देखि १७६ हुनुपर्नेमा १९३ पाइएको थियो । चाडबाड नजिकिएकाले अनुगमन थप प्रभावकारी बनाइने बताए । ‘चाडबाड आएको छ । गृह, कृषि, आपूर्ति मन्त्रालयको एकबद्धता छ ।

प्रकाशित : भाद्र ८, २०७५ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?