२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८०

बैंकबाट तलब भुक्तानी गर्न तालिका

काठमाडौँ — श्रमिकको तलब सुरक्षा गर्नका लागि बैंकबाट अनिवार्य तलब भुक्तानी गर्न सरकारले क्षेत्रगत रूपमा समयतालिका निर्धारण गरेको छ । मन्त्रिपरिषद्ले सोमबार समयतालिका निर्धारण गरेको हो ।

बैंकबाट तलब भुक्तानी गर्न तालिका

केन्द्र, प्रदेश तथा स्थानीय तह, विश्वविद्यालय, नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्थान, समिति, परियोजना, प्रतिष्ठान र मातहतका निकायमा काम गर्ने सबै श्रमिक तथा कर्मचारीको पारिश्रमिक एवं वित्तीय सुविधालाई साउनदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा बैंक खातामार्फत भुक्तानीको व्यवस्था मिलाउने निर्णय गरेको छ ।

आम सञ्चार, बैंक वित्तीय संस्था, बिमा कम्पनी, होटल, एयरलाइन्स, ट्राभल एजेन्सीलगायत सेवा उद्योग, सहकारी संस्था र श्रमिक आपूर्तिकर्ता, सामुदायिक एवं संस्थागत शिक्षण संस्था तथा कानुनबमोजिम दर्ता भएका गैरसरकारी संघसंस्था, ट्रस्ट, कम्पनी ऐन, विशेष ऐन, गठन आदेशलगायत कानुनबमोजिम गठित सबै संघसंस्थाले पुस मसान्तभित्र अनिवार्य रूपमा बैंक खातामार्फत पारिश्रमिक दिनुपर्नेछ ।
यसबाहेकका सबै प्रतिष्ठान मातहत काम गर्ने श्रमिक तथा कर्मचारी र घरेलु श्रमिकको पारिश्रमिक एवं वित्तीय सुविधा २०७६ पुस मसान्तभित्र बैंकमार्फत दिनुपर्ने निर्णयमा छ ।

‘कुनै स्थानीय तहमा बैंक तथा वित्तीय संस्था नभए त्यस्तो स्थानमा बैंक तथा वित्तीय संस्था स्थापना भएको मितिले ३ महिनाभित्र कार्यरत श्रमिक तथा कर्मचारीहरूलाई अनिवार्य रूपमा बैंक खातामार्फत पारिश्रमिक एवं वित्तीय सुविधा भुक्तानीको व्यवस्था मिलाउनेछ,’ निर्णयमा भनिएको छ, ‘आकस्मिक वा आंशिक रोजगारीबापतको भुक्तानी नगदै वा चेकमार्फत गर्न सकिनेछ ।’

श्रम, रोजगार तथा सामाजिक सुुरक्षामन्त्री गोकर्ण विष्टले सबै प्रकारका श्रमिक एवं कर्मचारीलाई न्यूनतम पारिश्रमिक तथा सुविधाको साथै योगदानमा आधारित सामाजिक सुरक्षा प्रत्याभूत गर्न बैंकबाट तलब भुक्तानीको व्यवस्था गरिएको बताए ।

प्रकाशित : श्रावण १, २०७५ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?