कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

भेरी आयोजनाको डीपीआर सुरु

जाजरकोट — भेरी १ र २ जलविद्युत् आयोजनाको डीपीआर बनाउन सुरु भएको छ । चाइना गेजुवा कम्पनीले ७२१ मेगावाट जलविद्युत् उत्पादन क्षमताको भेरी १ र २ को डीपीआर बनाउन सुुरु गरेको हो ।

भेरी आयोजनाको डीपीआर सुरु

कम्पनीले विस्तृत आयोजना प्रतिवेदन दुई वर्षमा सम्पन्न गर्ने गरी पाँच महिनादेखि काम सुरु गरेको हो । गेजुवाले विद्युत् विकास समितिबाट इजाजत लिएर काम सुरु गरिएको जनाएको छ ।


कम्पनीले डीपीआरका लागि ड्रिलिङ, माटो तथा ढुंगाखानी परीक्षणलगायतका काम गरिरहेको छ । गेजुवा कम्पनीले आयोजनाको पहिचान तथा प्रारम्भिक सर्भे डिजाइनका लागि ७ करोड खर्च गरिसकेको छ । २०६६ सालमा उक्त हाइड्रोपावरको पहिचान भएको थियो ।


४ सय ८० मेगावाट क्षमताको भेरी १ को नलगाड नगरपालिका १२ चौखास्थित तल्लो छहरामा पावरहाउस बन्ने भएको छ । भेरी १ का लागि जाजरकोट, रुकुम र डोल्पाको सिमानास्थित मनकाबगरमा ६० मिटर उचाइको डयाम बन्नेछ भने पावरहाउससम्म १५ किलोमिटर सुरुङ (टनेल) मार्ग निर्माण हुनेछ ।

प्रकाशित : असार ६, २०७५ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?