२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३५१

झमक घिमिरे

झमक घिमिरेका लेखहरु :

सबैका कुरा सुन्ने सुवास

कोहीकोही मान्छे निकै संवेदनहीन हुन्छन् । लासमाथि रिस पोख्छन्, मरिसकेका मान्छेप्रति आक्रोश पोख्छन् । गत महिना एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भयो, जसका कारण नेपाली राजनीतिक क्षेत्रमा एक खालको निस्तब्धता छायो; त्यस बेला पनि मान्छेहरूले उनका कमीकमजोरी खोतल्न भ्याए । मान्छे मरिसकेपछि उसका कमीकमजोरी खोतलेर के गर्नु ?

धार्मिक द्वन्द्व नमच्चाऔं

गत हप्ता भारतका विवादास्पद बाबा धीरेन्द्रकृष्ण शास्त्रीले नेपालमा आफ्नो हर्कत देखाए । यी बाबालाई ल्याउनमा नेपालकै उद्योगपति विनोद चौधरीहरूको हात थियो भन्ने सुनिएको छ ।

विविधताभित्र एकता

यति बेला पहिचानको सवाल जोडतोडले उठिरहेको छ । यो सवाल उठाउनेहरूले आफ्नै सीमित परिधिमा पहिचान खोजेका हुन् कि बृहत् रूपमा, अन्योल देखिएको छ । सबैले आआफ्नै पहिचान खोज्नु स्वाभाविकै हो । यसको नाममा आपसी सहिष्णुताका कुराहरू चाहिँ नमेटौं, सहभावका कुरा नबिर्सौं । सबैभन्दा पहिला म नेपाली हुँ भन्ने कहिल्यै नभुलौं ।

गृहमन्त्री : हिरो कि जिरो ?

राजनीति गरेपछि जस्तोसुकै अपराध पनि क्षमायोग्य बन्दो रहेछ । कानुनभन्दा माथि हुँदो रहेछ मान्छे । गृहमन्त्री नारायणकाजी श्रेष्ठले हाल सालै सुन ठूलो मात्रामा बरामद गरियो भनेर गर्व गरे पनि विगतमा पनि यस्ता काण्डहरू नभएका होइनन् । दुई–चार दिन मिडियामा आए अहिलेजस्तै, त्यसपछि आफैं सेलाएर गए ।

सुकुम्बासीको आँसु

साँच्चिकै सुकुम्बासीहरूका समस्या, दुःख, पीडा देखेर यो पंक्तिकारको मन साह्रै रुन्छ । यो देशमा यो समस्या अहिलेको भने होइन, दशकौंदेखिको हो । यो देशमा बारम्बार सरकार बदलिए, कुर्सीमा बस्ने मान्छेहरू बदलिए, अवस्था बदलियो, व्यवस्था बदलियो तर वास्तविक सुकुम्बासीहरूको दिनचर्यामा कुनै परिवर्तन आउन सकेको छैन । किनभने उनीहरू दुई हात, दुई खुट्टा जतिसुकै चलाए पनि दुई छाक माममै सीमित बनेका छन् ।

मतदानको सुखानुभूति

यही मंसिर ४ गते भएको संघीय र प्रदेशसभा निर्वाचनमा मतदान गर्ने मानिसहरू विगतको तुलनामा कमै देखिन्थे । किनभने गणतन्त्र आएपछि पनि जुन राजनीतिक दल सरकारमा पुगे पनि झुठा आश्वासन र झुठा सपनाहरू बाँड्ने कामभन्दा केही गर्न जानेनन् ।

चाडपर्वलाई विकृत नबनाऔं

एक ताका एलिजा गौतमको डगी डान्सले खलबल्याइदियो नेपाली समाजलाई । उनको बारेमा सकारात्मक टिप्पणी पनि आए, नकारात्मक पनि । उनी रातारात भाइरल भइन् । सन्दर्भ तीजको दरको थियो । यतिबेला तीज सकिएको छ । यहाँ तीज आउन एक महिनाअगाडिदेखि दर खाने–खुवाउने सम्भ्रान्त महिला वर्ग छ ।

न्याय मरेकै हो त ?

नेपालमा न्याय मरेकै हो त ? यो समयमा अनेक घटना गराइएका छन् । त्यसको न उचित छानबिन भएको छ न त पीडित पक्षले न्याय पाएको छ । न्यायमूर्तिहरू पनि घटनाको सत्यतथ्य छानबिन गर्ने होइन, पीडित पक्षको आँसु, दर्द, पीडामा मलमपट्टी गर्ने होइन, टुलुटुलु हेरिरहन्छन् ।

राष्ट्रलाई जोड्ने भावना

राष्ट्र, राष्ट्रियताको मुद्दामा कोही खरो रूपमा उत्रिएको देखिँदैन । हाम्रो स्वाभिमानको सन्दर्भमा देशका शासक, प्रशासकहरू संवेदनशील हुनुपर्ने, राष्ट्रियताका सवालहरूमा काम गर्नुपर्ने तर उनीहरू यो विषयमा गम्भीर हुनुको सट्टा यहीमाथि नै धावा बोल्न र देशको सीमा मिच्न सजिलो बनाइदिइरहेका छन् । 

हतियारको पैसा विकासमा लगाऊ

हाम्रो देशले २०५२ देखि २०६२ सालसम्म सशस्त्र द्वन्द्व भोग्यो । त्यसबाट कैयौं निर्दोष मान्छे मारिए, कैयौं घरबार विहीन भए, कैयौं अपांग भए अनि कैयौंको कोख र काख रित्तियो । युद्ध सानो होस् यो ठूलो, छोटो अवधिका लागि होस् या लामो त्यसले दिने परिणाम जहिल्यै घातकै हुन्छ ।