कमीकमजोरी त बीपीका पनि थिए, तर उनको शासकीय क्षमताको पूर्ण परीक्षा नै हुन पाएन ।
कतिलाई लागेको छ, पहिल्यै प्रधानमन्त्री तोकेर चुनावमा जानु संसदीय प्रणालीमा मेल नखाने कुरा हो । यो प्रणालीमा सांसदहरू अलग–अलग निर्वाचन क्षेत्रबाट चुनिएर आउँछन् । त्यसका आधारमा कुन दलले जित्यो, संसद्मा बहुमत पायो वा पाएन भन्ने छुटिन्छ ।
प्रतिनिधिसभा पुन:स्थापनाका लागि न्यायिक प्रक्रियामा जाने चर्चा पनि कांग्रेस, एमाले वृत्तमा चलेको छ। त्यो अधिकारको प्रयोग गर्ने स्वतन्त्रता छ। तर त्यो यतिखेर चुनावको विकल्प बन्न सक्तैन।
बालेन्द्र शाहको राष्ट्रिय राजनीतिको यात्रा कस्तो हुन्छ, त्यसले देशमा कस्तो राजनीतिक मूल्य र संस्कृतिको स्थापना एवं विकास गर्न खोजेको छ, त्यो अब कुनै ढिला नगरी सार्वजनिक हुनु जरुरी छ ।
देशको प्रधानमन्त्री, राष्ट्रपति बन्नु भनेको राजनीतिक यात्राको उत्कर्ष हो । त्यहाँ पुगेपछि पनि रहर पुगेको छैन भन्दै पटक–पटक फेरि त्यहीँ जाने होइन, त्यसपछि त सम्मानपूर्वक विश्राम लिने हो ।
दल र नेताको त विकल्प निस्कन्छ, तर राजनीति प्रणालीलाई नै धरापमा धकेल्ने कुरा हुँदैन, जनतामा राजनीतिक अलगाव बढ्नु भनेको कुनै निरंकुश र फासिस्ट शक्ति संघारमा छ भन्ने कुराको द्योतक हो
पार्टीका शीर्षको मनपरीतन्त्र, तिनले ल्याएका बेथितिको अन्त्यका लागि उनीहरूलाई राजनीतिबाट बिदा गर्नु अनिवार्य छ