परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ समकक्षी वाङ यीले सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर भएको हालै संयुक्त घोषणा गरेका छन् । यसबाट विश्वको सर्वोच्च शिखर साबिकभन्दा ८६ सेन्टिमिटर अग्लिएको पाइएको छ । नयाँ उचाइ सम्बन्धमा नेपाल र अन्य मुलुकमा केही उत्सुकता र कौतूहल उब्जिएका छन् ।
भारतीय विदेशसचिव हर्षवर्धन शृंगलाको मैत्रीपूर्ण भ्रमणपछि नेपाल र भारतबीच गत एक वर्षदेखि हुन नसकेको वार्ताको ढोका अब खुलेको छ । परराष्ट्रसचिवस्तरीय बैठकमा विभिन्न विषयमा छलफल चल्नुका साथै नेपालले जारी गरेको राजनीतिक नक्सा, कालापानी–सुस्ताको विवादास्पद भूभागबारे सम्बद्ध मन्त्रालय तथा निकायबीच छलफल सुरु गर्ने आपसी समझदारी बनेको छ ।