हालै राष्ट्रिय परीक्षा बोर्डले चैत १७ देखि २९ सम्म सञ्चालन गर्ने गरी एसईईको तालिका सार्वजनिक गर्यो । माध्यमिक शिक्षाको समन्वय, अनुगमन तथा नियमन र कक्षा १० को वार्षिक परीक्षा सञ्चालन, व्यवस्थापन र प्रमाणीकरणको जिम्मेवारी प्रदेश सरकारको रहने शिक्षा नीतिमा उल्लेख भए पनि राष्ट्रिय परीक्षा बोर्डले संघबाटै एसईई सञ्चालन गरिरहेको छ ।
नेपालमा हालै महिला हिंसाविरुद्धको सोह्रदिने अभियान सञ्चालन भयो । प्रत्येक वर्ष यो अभियान मनाइन्छ तर महिला हिंसाका घटनामा कमी आउन सकेको छैन । अभियानमा हिंसा अन्त्य गर्ने ठोस कार्यभन्दा कहाँ र कहिले के कति हिंसा भए, यसविरुद्ध कति उजुरी परे र कति पीडितले न्याय पाए भन्ने अध्ययन–अनुसन्धानमै अधिक धन र समय खर्च भइरहेको छ ।
गोरखाको मणिकामादेवी माविले केही अघिदेखि अभिभावकलाई कक्षाकोठामा बसेर शिक्षण सिकाइ क्रियाकलापको अवलोकन गर्ने अवसर जुराएको खबर बाहिरियो । छोराछोरीले कसरी सिक्छन् तथा पढ्छन् भन्ने खुल्दुली प्रत्येक अभिभावकमा हुनु स्वाभाविक हो । विद्यालय तहको शैक्षिक गुणस्तर खस्कँदै गएको अवस्थामा अन्य विद्यालयले पनि यसको सिको गर्न सक्छन् ।
काठमाडौंको एक उच्च माध्यामिक विद्यालयमा कक्षा १० मा पढ्ने केही छात्रालाई इन्चार्जले छात्रहरूसँग एउटै बेन्चमा किन बसेको भन्दै पिटेपछि केही दिन विद्यालय नै आएनन् । छात्रलाई केही नभनी छात्रालाई भने चरित्रमाथि शंका गर्दै, फोटो खिचेर सार्वजनिक गरिदिनेसम्मको धम्की दिएका इन्चार्जसँग विद्यार्थी आक्रोशित थिए । कक्षा ९ देखि १२ सम्मका छात्रछात्रामा विपरीत लिंगप्रति आकर्षण देखिन्छ ।
हाम्रो समाजमा गुरुपूर्णिमाको सांस्कृतिक–सामाजिक महत्त्व रहँदै आएको छ । शैक्षिक अभियानसँग जोडिएकाले राष्ट्रिय पर्वकै रूपमा यसले मान्यता पाइआएको छ । प्रत्येक व्यक्तिलाई गुरुबाट प्राप्त ज्ञान–सीपको अधिक महत्त्व हुन्छ । गुरु समाजका सर्जक र प्रवर्तक पनि हुन् ।
प्रसिद्ध दार्शनिक जिन ज्याक्स रुसोले भनेका छन्— ‘किताबहरू थन्काऊ, पर्खालहरू भत्काऊ र बालबालिकालाई प्रकृतिमा विचरण गर्न सिकाऊ ।’ रुसोले बालबालिकालाई कक्षाकोठाभित्र मात्र थुनेर दिइने शिक्षा रूखो, नीरस र अनुत्पादक हुन्छ भन्थे ।
वैशाख ९ देखि एसईई हुँदै छ । लामो समय पढ्न नपाएका विद्यार्थीहरूलाई एसईई दबाबले अर्को तनाव थपेको छ । कोभिड महामारीका समयमा देशभर वैकल्पिक शिक्षा सञ्चालन हुन सकेको थिएन । प्रत्यक्ष कक्षा पनि गत असोजदेखि मात्र थालिएकाले चैतसम्म कोर्स सक्न हम्मे परेकै अवस्थामा परीक्षा दिनुपर्ने बाध्यता आइलागेको छ ।
अहिले कोरोना संक्रमण दर कम भइरहेको छ, आगामी वैशाखमा स्थानीय निर्वाचनकै घोषणा भइसक्यो । सो चुनावअगावै एसईई लगायत विद्यालय तहका सबै परीक्षा सम्पन्न गरिसक्ने लक्ष्यसहित स्वास्थ्य मापदण्ड पालना गरी फागुनदेखि उपत्यकाका विद्यालयहरू खोलिँदै छन् । अन्य क्षेत्रमा पनि संक्रमणको अवस्था हेरी विद्यालय खोल्दै जाने सरकारले बताएको छ । आलोपालो प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था मिलाउन पनि आदेश जारी गरिएको छ । वैकल्पिक विधिबाट भएको सिकाइ प्रभावकारी नभएको भन्दै निजी विद्यालय सञ्चालकहरू विद्यालय खोल्न हतारिएका थिए ।