प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये एकतिहाइ महिलाको अनिवार्य प्रतिनिधित्व दलहरूले के कसरी गरे ? यस विषयमा चासो हुनु स्वाभाविक हो ।
अबको निर्वाचन नेताका लागि होइन, देशका लागि हो, त्यसैले आमनागरिकले बुझ्नैपर्छ– निर्वाचनमा असल नेतृत्व छान्नुले देशलाई निकास दिनेछ ।
शैक्षिक शुल्कका अतिरिक्त किताब, कापी, झोला, पोसाक, जुत्ता र मोजामा समेत अचाक्ली रकम र कमिसन कुम्ल्याएर विद्यार्थीलाई आर्थिक बोझ थोपर्ने निजी विद्यालयलाई शैक्षिक नीति नियम कडाइका साथ लागू गरी अनुगमन, नियमन र नियन्त्रण गर्न सरकार किन सक्दैन ?
वैकल्पिक शिक्षा दिने नाममा खुलेका संस्थाले सिकाइसम्बन्धी प्रारम्भिक ज्ञान नै नभएका विभिन्न उमेर समूहका व्यक्तिलाई एक वर्ष मात्र पढाएर एसईई परीक्षामा उत्तीर्ण भएको प्रमाणपत्र वितरण गरिरहेका छन्