कोरोना संक्रमण तीव्र फैलिरहेका बेला सावधानी र सतर्कता नअपाउँदा प्रदेश २ मा जोखिम बढेको छ । मास्कको प्रयोग र भौतिक दूरी पालना गरिएको छैन भने मानिसहरू भीडभाडमा निष्फिक्री घुमफिर गरिरहेका छन् । सर्लाहीका सुरक्षा अधिकारी नै संक्रमित हुँदा पनि जिल्लामा भीडभाड रोक्ने काम भएको छैन ।
छिमेकी मुलुक भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन फैलिरहे पनि प्रदेश २ का सीमा नाकामा भने सचेतना अपनाइएको छैन । प्रदेशको मुख्य नाका वीरगन्जको रक्सौलमा भित्रिनेको स्वास्थ्य परीक्षण गरिए पनि बाँकी नाकामा हेल्थ डेस्कसमेत राखिएको छैन ।
माग र आपूर्तिको सन्तुलन नमिल्दा मल छर्ने मुख्य सिजनमै युरिया मलको चरम अभाव झेल्नुपरेको छ । कृषि सामग्री कम्पनीको क्षेत्रीय कार्यालय वीरगन्जमा छ, तर पर्सामै मलको अभाव छ ।
प्रदेश २ का आठवटै जिल्लामा घरैपिच्छे ज्वरो र रुघाखोकीका बिरामी देखिएका छन् । कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको संख्या दिनहुँ बढ्दो छ । तर मौसम प्रतिकूलताका कारण पनि ज्वरो र रुघाखोकी भएको हुन सक्ने चिकित्सकको अनुमान छ । छिनमै चर्को घाम, छिनमै पानी पर्ने असुहाउँदो मौसम सातायता प्रदेशमा कायमै छ, जसका कारण बिरामी संख्या बढ्दो छ ।
प्रदेश २ मा कति छन् सुकुम्बासी र भूमिहीन भनेर सोधे यकिन संख्या कुनै निकायमा छैन । सुकुम्बासी आयोग र जनता आवास कार्यक्रमलाई नेताहरूले भोट तान्ने अस्त्रमात्र बनाएको यो समुदायलाई भेटेपछि बुझिन्छ ।
दिनदिनै कोरोना भाइरसको संक्रमित थपिँदै गए पनि प्रदेश २ का जिल्लामा स्वास्थ्य प्रोटोकल अपनाउन लापरबाही गरिएको छ । बजारमा भीडभाड बाक्लै छ । अनिवार्य गरिएका ठाउँमा मात्र मास्क लगाएको पाइन्छ । सामाजिक दूरी र अन्य स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरिएको छैन ।
वारिपारि खेत छन्, खोलानाला र बाटो मात्रै होइन कतिपय ठाउँ दशगजामै मान्छेले बसोबास गरेका झुप्रा पनि छन् । नेपाल–भारत सीमाका धेरै ठाउँमा दशगजा कहाँ छ भनेर पत्ता लगाउन नै गाह्रो पर्ने अवस्था छ ।
झन्डै एक वर्षपछि सीमानाका पूर्णरूपमा खुलेपछि प्रदेश २ मा कोरोना संक्रमणको त्रास बढेको छ । भारतका विभिन्न राज्यमा उच्च दरमा संक्रमित थपिइरहेका बेला सीमामा सतर्कता नअपनाउँदा जोखिम बढेको हो । भारतसँग प्रदेश २ को ४ सय ६० किलोमिटर लामो सीमा जोडिएको छ । खुला सीमामा कारण कोरोना संक्रमण फेरि नेपाल भित्रिन सक्ने चिकित्सकहरूको आंकलन छ ।
तापक्रम घट्दै जाँदा प्रदेश २ मा शीतलहरको कहर सुरु भएको छ । लुगलुग कमाउने ठन्डीले जनजीवन प्रभावित बनेको छ । सहरी क्षेत्रमा मानिसको चहलपहल पातलिएको छ भने दाउरा, काठ र पराल बालेर चोकचोकमा आगो ताप्ने क्रम बढेको छ ।