२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

पैदलयात्रीलाई ठक्कर दिने चालकमाथि ज्यान मुद्दामा अनुसन्धान

काठमाडौँ — बूढानीलकण्ठमा पैदलयात्रीलाई ठक्कर दिने चालक पृथ्वी मल्ललाई महानगरीय प्रहरी वृत्त महाराजगन्जले सवारी ज्यानमुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाएको छ।

पैदलयात्रीलाई ठक्कर दिने चालकमाथि ज्यान मुद्दामा अनुसन्धान

मल्लविरुद्ध मुलुकी अपराध संहिताको सवारी ज्यान महलको कसुरमा अनुसन्धान भइरहेको काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए।


बूढानीलकण्ठ नगरपालिका–५ स्थित बूढानीलकण्ठ स्कुलनजिकै सडकपेटीमा हिँडिरहेकी बारपाक गाउँपालिका–८ गोरखाकी लीला देवकोटालाई बा १४ च ६१२३ नम्बरको सुजुकी कारले शनिबार ठक्कर दिएको थियो । दुर्घटनामा ज्यान गुमाएकी देवकोटाको सोमबार अन्तिम संस्कार गरिएको छ ।


अनियन्त्रित रूपमा चलाइएको कार देवकोटालाई ठक्कर दिएपछि नजिकैको पोलमा ठोक्किएको मृतकका एक आफन्तले बताए। देवकोटालाई तत्कालै बाँसबारीस्थित न्युरो अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। हात्तीगौंडा हेपाली हाइटका २१ वर्षीय चालक मल्लले मादक पदार्थ सेवन गरेर कार चलाएको भन्दै मृतकका परिवारले दोषीमाथि आवश्यक कारबाही हुनुपर्ने माग गरेका छन्।


मृतक देवकोटा राजधानीमै पस्मिना कारखानामा कार्यरत थिइन्। उनका तीन छोरी, दुई छोरा र श्रीमान् छन्। चालक मल्ल घटनाको तीन दिन पहिले मात्रै विदेशबाट फर्किएको प्रहरीले बताएको छ ।

प्रकाशित : पुस २, २०७६ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?