कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

काबुलमा विस्फोट : २ जनाको मृत्यु, १२ घाइते

नान/सिन्हवा

काठमाडौँ — अफगानिस्तानको राजधानी काबुलको पश्चिमी किनारमा रहेको दश्त–ए–बर्ची क्षेत्रमा बिहीबार भएको बिस्फोटमा दुई जनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएको काबुलका प्रहरी प्रवक्ता खालिद जाद्रानले बताएका छन् ।

काबुलमा विस्फोट : २ जनाको मृत्यु, १२ घाइते

आतंकवादी हमलालाई दोष दिँदै जाद्रानले सुरक्षा बलहरूले देशका सबै नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न सक्दो प्रयास गर्ने बताए । दश्त–ए–बर्ची इलाकामा यो दोस्रो आतंककारी हमला हो ।

यसअघि शनिबार मिनी बसलाई लक्षित गरी भएको आक्रमणमा ५ जनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका थिए । शनिबारको मिनी बसमा भएको हमलाको जिम्मेवारी प्रतिद्वन्द्वी दाएस वा इस्लामिक स्टेट संगठनले लिएको छ तर अन्य दुई विस्फोटको जिम्मेवारी कुनै समूह वा व्यक्तिले लिएको छैन ।

प्रकाशित : पुस २७, २०८० १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?