कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सशक्त बन्दै ब्रिक्स, थपिए ६ मुलुक

ब्राजिल, रुस, भारत चीन र दक्षिण अफ्रिकासम्मिलित ब्रिक्समा साउदी अरेबिया, यूएई, इथियोपिया, अर्जेन्टिना, इरान र इजिप्ट थपिए
'एक सशक्त ब्रिक्सको आवाज पनि बुलन्द हुनेछ ।' - चिनियाँ विदेश मन्त्रालय

काठमाडौँ — विश्वकै उदीयमान अर्थतन्त्रहरू ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित संगठन 'ब्रिक्स' थप ६ मुलुक सहभागी भएका छन् । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भइरहेको ब्रिक्स शिखर सम्मेलनका क्रममा थप ६ मुलुकलाई संगठनमा सहभागी गराइएको हो ।

सशक्त बन्दै ब्रिक्स, थपिए ६ मुलुक

ब्रिक्समा सहभागी हुने नयाँ देशहरू साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स(यूएई), इथियोपिया, अर्जेन्टिना, इरान र इजिप्ट छन् । १७ वर्षअघि स्थापना भएको ब्रिक्सको यस पटकको शिखर सम्मेलनमा संगठन विस्तारबारे नै बढी विमर्श हुनेछ । यी मुलुकले केही वर्षयता ब्रिक्समा सदस्य बन्न लबिइङ गरिरहेका थिए । ५ देशको नामबाट संगठनको नाम ब्रिक्स रहेकोमा अब नयाँ ६ मुलुक सदस्य थपिएपछि संगठनको नाम 'ब्रिक्स प्लस' रहनेछ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले ६ मुलुकलाई ब्रिक्सको १५औं शिखर सम्मेलनले पूर्ण सदस्यका रूपमा सहभागी गराएको उल्लेख गर्दै बधाई र स्वागत गरेका छन् । नयाँ सदस्यसहित ब्रिक्स अझ सशक्त हुने पनि उनको भनाइ छ । उनी भन्छन्, 'एक सशक्त ब्रिक्सको आवाज पनि बुलन्द हुनेछ ।'

विश्व अर्थतन्त्रमा अमेरिकी नेतृत्वको पश्चिमा खेमा बलियो बन्दै आएकोमा अब ब्रिक्सको उदयले त्यसलाई थप चुनौती दिन सक्ने आकलन गरिएको छ । पश्चिमी खेमामा जापान, अस्ट्रेलिया, दक्षिण कोरिया, बेलायत, जर्मनी, फ्रान्स, क्यानडालगायत मुलुक छन् । तर उदाउँदा आर्थिक शक्तिका मुलुकहरू सहभागी ब्रिक्समा साउदी अरब, इरान र यूएईजस्ता प्रभावशाली मुलुकहरूको सहभागिताले समूहलाई थप बलियो बनाउने देखिन्छ ।

प्रकाशित : भाद्र ७, २०८० १४:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?