कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुस-युक्रेन युद्ध : बाँधको बाढीले ४२ हजार मानिसको बस्ती जोखिममा

एजेन्सी

काठमाडौँ — दक्षिणी युक्रेनको रुस नियन्त्रित क्षेत्र खेरसोनमा रहेको नोभा काखोभ्का जलविद्युत बाँध भत्किएपछि ४२ हजार स्थानीय मानिसहरूको बसोबास जोखिममा परेको छ ।

रुस-युक्रेन युद्ध : बाँधको बाढीले ४२ हजार मानिसको बस्ती जोखिममा

बाँधमा विस्फोट हुँदा निप्रो नदीमा बाढी आउनसक्ने भन्दै नदी आसपासका बस्तीमा संकटकाल घोषणा गरिएको छ ।

रुसी अधिकारीहरूले १ सय जना मानिसहरू नोभा काखोभ्कामा बाढीपहिरोका कारण थुनिएको भन्दै खेरसोन क्षेत्रलाई संकटकाल घोषणा गरेका छन् । साथै बाँध भत्काइँदा हजारौंको संख्यामा वन्यजन्तु पनि मारिएको बताइएको छ ।

रुसी समाचार एजेन्सी तासका अनुसार बाँध भत्किएपछि प्रत्येक सेकेन्डमा ३० हजार क्युबिक मिटरभन्दा बढी पानी जलाशयबाट बाहिर निस्किन्छ । साथै यस घटनाले सहर नै दूषित हुने तथा पर्यावरणीय क्षति पुग्ने बताइएको छ ।

यसैबीच बाँध क्षेत्रमा बाढीका कारण थुनिएका मानिसहरूलाई अहिले पनि उद्धारको प्रयास भइरहेको छ । उक्त बाँधमा विस्फोट गरेको भन्दै युक्रेन र रुसले एक आपसमा आरोप प्रत्यारोप लगाउँदै आएका छन् ।

यो बाँध विस्फोट हुनुअघिसम्म यहाँबाट हजारौं युक्रेनी नागरिकका लागि पनि वितरण गरिएको थियो । तर हाल बाँध भत्काइएपछि निप्रो नदीको सतहभन्दा तल्लो भागमा बसोबास गर्ने दसौं हजार मानिसको बसोबास जोखिममा परेको छ ।

रुसी अधिकारीहरूका अनुसार बाँध फुटेपछि आएको बाढीका कारण निप्रो नदी फैलिएको छ । बाढीबाट सुरक्षित बनाउन नजिकैका क्षेत्रमा बस्ने मानिसहरूलाई अन्यत्र सारिएको छ ।

मंगलबारको यस घटनालाई लिएर यूरोपियन युनियनसहित बेलायत, अमेरिका लगायत देशका उच्च अधिकारीहरूले विस्फोटको कडा आलोचना गरेका थिए । युक्रेनले भने घटनाको छानबिन गरिरहेको जनाएको छ ।

प्रकाशित : जेष्ठ २४, २०८० १६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?