कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुसले विमान खसालेको दाबी

बीबीसी/रोयटर्स

हेग — अस्ट्रेलिया र नेदरल्यान्डले ४ वर्षअघि युक्रेनमा भएको मलेसियाली विमान दुर्घटनामा रूस जिम्मेवार रहेको बताएका छन् । साथै उनीहरूले त्यसको क्षतिपूर्ति दाबी गर्ने जनाएका छन् ।

रुसले विमान खसालेको दाबी

आम्सटर्डमदेखि क्वालालम्पुरका लागि उडेको एमएच १७ विमान सन् २०१४ मा युक्रेनको विद्रोही नियन्त्रित क्षेत्रमा दुर्घटना भएको थियो । दुर्घटनामा विमानमा सवार सबै २ सय ९८ जनाको ज्यान गएको थियो । नेदरल्यान्ड नेतृत्वको अनुसन्धानकर्ताहरूको टोलीले शुक्रबार उक्त जहाजमा प्रहार गरिएको क्षेप्यास्त्र रूसी सेनाको भएको निष्कर्ष निकालेको हो । यद्यपि, रूसले भने उक्त दुर्घटनमा आफ्नो कुनै संलग्नता नरहेको बताएको छ ।

प्रकाशित : जेष्ठ १२, २०७५ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?