कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिनियाँ उत्पादनमा कर बढाइयो

अमेरिका–चीन विवाद
बीबीसी

बेइजिङ — चिनियाँ उत्पादनमा कर वृद्धि गर्ने अमेरिकी निर्णयको विरोधमा चीनले वासिङ्टन निर्यात हुने वस्तुहरूमा लाग्ने भन्सार दरमा २५ प्रतिशतले वृद्धि गरेको छ ।

चिनियाँ उत्पादनमा कर बढाइयो

चीनले बुधबार अमेरिका निर्यात हुने गाडी, सुन्तलाको जुसलगायत १ सय ६ उत्पादनमा कर वृद्धि गरेको हो । अमेरिकाले १ हजार ३ सय चिनियाँ उत्पादनमाथि थप कर लगाउने घोषणा गरेपछि चीनले ‘जस्तालाई त्यस्तै’ जवाफ दिएको भन्दै नयाँ भन्सार दर निर्धारण गरेको जनाएको हो ।

यसअघि विदेशी स्टिल र एल्मुनियममा कर बढाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मार्चमा गरेको निर्णयको जवाफमा चीनले अमेरिकाबाट आयात बंगुरको मासु र वाइनसहित १ सय २८ प्रकारका सामग्रीको भन्सार दर २५ प्रतिशतसम्मले बढाएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि ‘व्यापार–युद्ध राम्रो हुने’ र त्यस्तो स्थितिले अमेरिकालाई जित हासिल गर्न सहज हुने बताउने गरेका थिए । तर पछिल्लो चिनियाँ निर्णयपछि भने उनले ट्वीट गर्दै आफू ‘अमेरिका व्यापार–युद्धमा नरहेको’ उल्लेख गरेका छन् ।

अमेरिकी अधिकारीहरूले यसअघि नै भन्सार दर बढाउन सकिने दसौं अर्ब डलर बराबरका अन्य चिनियाँ सामान पहिचान गरिसकिएको बताएका छन् ।

चिनियाँ कदमले सोमबार आयात हुने करिब ३ अर्ब डलरबराबरको सामान प्रभावित हुने बीबीसीले जनाएको छ । अमेरिकी नयाँ ‘कर नीतिको क्षति न्यून गर्न र ‘चिनियाँ चासो र सन्तुलनको रक्षा गर्न’ पछिल्लो कदम चालिएको चीनले जनाएको छ । यसअघि चीनले आफूले ‘व्यापार–युद्ध नचाहे पनि आफ्नो अर्थतन्त्रमा प्रतिकूल असर परे चुप लागेर नबस्ने’ चेतावनी दिएको थियो ।

उक्त कदमपछि अधिकारीहरूले दुई देशबीच व्यापार–युद्ध हुने सम्भावना बढेको बताएका छन् । अमेरिकाबाट आउने बदाम, सुक्खा फल, जिन्सेङ र वाइनमा १५ प्रतिशतले भन्सार दर बढ्ने भएको छ । चीनले पछिल्लो निर्णय गत मार्च २२ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल र एल्मुनियममा लगाएको करको जवाफी कदम भएको जनाएको थियो ।

मार्च २२ मा ट्रम्प प्रशासनले चीनबाट आउने ६० अर्ब डलरबराबरको सामानमा करको दर बढाउने र अमेरिकामा चिनियाँ लगानीलाई सीमित बनाउने घोषणा गरेको थियो । अमेरिकाले चीनले वर्षौंदेखि ‘बौद्धिक अधिकारको चोरी’ गरिरहेकाले त्यसको बदलामा उक्त कदम चालिएको जनाएको थियो ।

अमेरिकी राष्ट्रपति कार्यालय
ह्वाइटहाउसले चिनियाँ राज्य नियन्त्रित अर्थतन्त्रको अन्यायपूर्ण प्रतिस्पर्धालाई चुनौती दिने चेतावनी दिँदै आएको छ । पछिल्लो कदमपछि चीनले एप्पल लगायतका अमेरिकी प्रविधिसम्बन्धी उत्पादनमाथि कर लागाउने आशंका गरिएको छ । त्यसको क्षतिपूर्तिका लागि अमेरिकी कम्पनीले आफ्ना सामग्रीको बजारमूल्य बढाउनुको विकल्प नहुने बीबीसीले जनाएको छ ।

प्रकाशित : चैत्र २२, २०७४ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?