कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

‘सगरमाथा जोगाइराख्न आरोहीको संख्या सीमित गर्नुपर्छ’

‘पहिले मानिसको भीड अहिले जस्तो थिएन । याकचौंरीको बथान धेरैदेखिन्थ्यो । अहिले त आधारशिविरमाथि पनि हिउँ पातलिँदै गयो ।’
‘नेपालमा सगरमाथा दिवस मनाउँदा खास आरोही १० प्रतिशत पनि समारोहमा हुँदैनन् । यो दुःखद पक्ष हो ।’
‘हामीले हिमाल आरोहणमा सफलतामात्रै देखेका छौं । तर, त्यसका पछाडि धेरैका कैयौं दुःखका कथा छन् ।’

काठमाडौँ — सगरमाथामा आरोहीको भीड लागेको, मानव फोहोरले प्रदूषण बढाएको लगायतका विषयले नेपाल सरकारले विश्वभर आलोचना खेप्दै आइरहेको छ । दावा याङजुम शेर्पा हिमाली क्षेत्रमा भइरहेको अदलीबदलीलाई पछिल्ला दुई दशक नजिकबाट नियालिरहेकी छन् । दोलखाको गौरीशंकर गाउँपालिकास्थित ४ हजार २ सय मिटर उचाइमा पर्ने ना गाउँमा जन्मेकी ३३ वर्षीया दावाले हिमाल आरोहणमा झन्डै एक दर्जन कीर्तिमान बनाएकी छन् ।

‘सगरमाथा जोगाइराख्न आरोहीको संख्या सीमित गर्नुपर्छ’

बोतल अक्सिजनको सहायताबिना अन्नपूर्ण हिमाल आरोहण, अक्सिजनको सहायताले उत्तरी गोरखाको मनास्लु हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला, विश्वकै दोस्रो अग्लो हिमाल केटु आरोहण गर्ने पहिलो कान्छी महिलालगायत कीर्तिमान उनको नाममा छ । पहिलो महिला एसियाली माउन्टेन गाइडसमेत रहेकी दावाले विश्वका ८ हजारभन्दा अग्ला १४ मध्ये १३ वटामा सफल आरोहण सकिसकेकी छन् । महिलालाई पर्वतारोहणसम्बन्धी तालिम दिने, जलवायु परिवर्तनको असरले पुर्‍याएको क्षतिबारे विश्वभर नेपालको पक्षमा आवाज उठाउने अभियानमा संलग्न दावा याङजुम शेर्पासँग कान्तिपुरका सुरज कुँवरले गरेको कुराकानी पूरा पढ्न : ‘सगरमाथा जोगाइराख्न आरोहीको संख्या सीमित गर्नुपर्छ’

प्रकाशित : जेष्ठ १३, २०८१ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×