कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

एमबापेको अन्तिम खेलमा पीएसजीलाई फ्रेन्च कप

काठमाडौँ — केयलिन एमबापेले क्लबका लागि खेलेको अन्तिम खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार फ्रेन्च कपको उपाधि जितेको छ । उसले फाइनलमा लियोनलाई २–१ ले पराजित गर्‍यो ।

एमबापेको अन्तिम खेलमा पीएसजीलाई फ्रेन्च कप

यससँगै फ्रान्सेली लिग–वान पनि जितेको पीएसजीले कप डबलको उपाधि पनि हात पारेको छ । पीएसजीका लागि ओसमन डेम्बेले र फाबिन रइजले पहिलो हाफमा एक-एक गोल गरे ।

दोस्रो हाफमा लियोनका लागि जेक ओ’ब्राइनले एक गोल फर्काए पनि त्यो पर्याप्त रहेन् । फ्रान्सेली फरवार्ड एमबापे पीएसजीका लागि ३ सय ८ खेलमा २ सय ५६ गोल गर्दै क्लबबाट बाहिरिँदैछन् । उनी रियल म्याड्रिड जाने सम्भावना बढी मानिएको छ ।

प्रकाशित : जेष्ठ १३, २०८१ ०६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?