कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०९

जुनियर टेबलटेनिस टोली श्रीलंका जाने

काठमाडौँ — दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा भाग नेपाली टेबलटेनिसका १२ खेलाडी शनिबार श्रीलंकाको क्यान्डी जाने भएको छ ।

जुनियर टेबलटेनिस टोली श्रीलंका जाने

जेठ १३ देखि १६ सम्म हुने प्रतियोगितामा नेपालले यू–१९ र यू–१५ उमेर समूहमा भाग लिनेछ । यू–१९ को ब्वाइजमा प्रिन्स थापामगर, सिद्धार्थ तामाङ र एसियाड खेलिसकेका रुविन महर्जन तथा गर्ल्समा वियन्का राई, इभाना थापामगर र योङ्गी पौडेलले प्रतिस्पर्धा गर्नेछन् ।

यू–१५ को ब्वाइजमा जयस्नु महर्जन, रिजन शाक्य र सुबिन क्षेत्री तथा गर्ल्समा शुभश्री श्रेष्ठ, सुरम्य शाक्य र महिमा महताले खेल्नेछन् ।

प्रशिक्षकमा सन्जिव ढुंगेल तथा व्यवस्थापकमा सिक्का सुवाल श्रेष्ठ छन् । एटीटीयु कम्पिटिसन म्यानेजर तेजेन्द्रसिंह महरा पनि प्रतियोगिताका लागि श्रीलंका गएका छन् । उनी शुक्रबारै त्यसतर्फ गएका हुन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिदाइ गरे । उनले टेबलटेनिसमा भर्खर स्यान्टु (श्रेष्ठ)ले ओलम्पिक छनोट भएर इतिहास रचेको प्रसंग कोट्याउँदै अबको नयाँ अनुहार तपाईंमध्येबाट हुनसक्ने भन्दै हौसला प्रदान गरेका थिए ।

प्रकाशित : जेष्ठ ११, २०८१ २१:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?