कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

आठौं पोखरा स्पोर्ट्स अवार्ड : ४ विधामा मनोनयन 

पोखरा — नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८० का लागि सोमबार चार विधामा मनोनयन सार्वजनिक गरेको छ । वैशाख २८ मा पोखरामा हुने स्पोर्ट्स अवार्डबारे जानकारी दिँदै मञ्चले मनोनयन सार्वजनिक गरेको हो । 

आठौं पोखरा स्पोर्ट्स अवार्ड : ४ विधामा मनोनयन 

वर्ष खेलाडी पुरुष विधामा क्रिकेटका अर्जुन कुमाल, टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारी मनोनयनमा परेका छन् । वर्ष खेलाडी महिला विधामा आर्चरीकी अनुस्का शेरचन, भलिबलकी अरुणा शाही र आईटीएफ तेक्वान्दोकी सुस्मिता थापा मगरले मनोनयनमा स्थान बनाए ।

१७ वर्ष मुनिका खेलाडीबीच प्रतिष्पर्धा हुने उदीयमान खेलाडी विधामा क्रिकेटकी ज्योत्सनिका मरासिनी, ब्याडमिन्टनकी दिलासा राना र एथ्लेटिक्सका बादल कार्की समावेश बने । उत्कृष्ट प्रशिक्षक विधामा टेनिसका नीरज थापा, भलिबलका रमेश केसी र क्रिकेटका रिजन प्रजु मनोनयनमा पर्न सफल भएका छन् ।

मञ्चका अध्यक्ष दीननाथ बरालका अनुसार स्पोर्ट्स अवार्डमा कुल ७ विधामा अवार्ड प्रदान गरिनेछ । बाँकी विधाहरु लाइफटाइम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेल संघ वा क्लब र उत्कृष्ट खेल पत्रकार अवार्डको घोषणा पछि सार्वजनिक गरिने उनले जनाए ।

वर्ष खेलाडी पुरुष र महिलाको अवार्ड जित्न सफल खेलाडीले इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्ने छन् । लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ । वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फका विजेताले नगद ३५ हजार सहित ट्रफी पाउने अध्यक्ष बरालले बताए । उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहलाई मनोनयन ट्रफी प्रमाणपत्र प्रदान गरिने समेत मञ्चले जनाएको छ ।

मञ्चले स्पोर्ट्स अवार्डलाई बृहत् बनाउन बरालको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ । मूल आयोजक समितिको सह–संयोजकमा मञ्च उपाध्यक्ष सुरज श्रेष्ठ रहेका छन् । यसका अतिरिक्त विभिन्न ११ वटा उपसमितिका संयोजक र सह–संयोजक समेत चयन गरिएको महासचिव राजाराम पौडेलले बताए । मञ्चले ०७२ देखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ । मञ्चमा हाल ७४ जना खेल पत्रकार आवद्ध छन् ।

प्रकाशित : वैशाख १७, २०८१ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?