कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

बेसीसहर र लालीगुराँसको जित

आश गुरुङ

लमजुङ — नेपालकै ‘सुखी गाउँ’ घलेगाउँमा जारी ‘सातौं स्मार्ट भिलेज आमन्त्रित गोल्ड कप’ फुटबल प्रतियोगितामा आइतबार डिफेन्डिङ च्याम्पियन बेसीशहर युथ सोसाइटी शेरा र लालीगुराँस युवा क्लब भुजुङले अग्रता लिएका छन् । घलेगाउँको स्वर्गभूमि रंगशालामा पहिलो खेलमा बेसीसहर युथ सोसाइटीले नेपाल युनाइटेड तनहुँलाई पराजित गर्‍यो ।

बेसीसहर र लालीगुराँसको जित

निर्धारित समयमा १-१ गोलको बराबरी भएपछि खेल ट्राइवेकरमा धकेलिएको थियो । खेल अवधिमा नेपाल युनाइटेडका खेलाडी आकाश थपलियाले १ गोल गरेकोमा बेसीसहर युथ सोसाइटीका विदेशी खेलाडी ग्लोरीले हेड मार्फत सुसाइट गोल गरेका थिए । ट्राइवेकरमा बेसीशहर युथ सोसाइटी शेराले ५–४ गोल गर्दै नेपाल युनाइटेड तनहुँलाई पराजित गर्‍यो ।

दोस्रो खेलमा लालीगुँरास युवा क्लव भुजुङले भरतपुर–२४ भरतपुरलाई ४-० गोल अन्तरले पाखा लगायो । खेलको पहिलो हाफमा गोलरहित बराबरी खेलेकोमा दोस्रो हाफमा लालीगुराँसँ युवा क्लबका सन्तोष खत्रीले पहिलो गोल गरेका थिए ।

त्यसैगरी, विदेशी खेलाडी फोडे फोफनाले लालीगुराँस युवा क्लवलाई अग्रता दिलाउनका लागि दुई गोल गरेका थिए । लालीगुराँसकै अफिज ओलावाले १ गोल गरेका थिए । सोमबारको पहिलो खेल भुइखेल फुटबल क्लव काठमाडौ र त्रिवेणी युवा क्लव बेसीसहर बीच बिहान साढे १० बजे हुनेछ ।

प्रतियोगितामा प्रथम पुरस्कार ५ लाख ५० हजार ५ सय ५५ रुपैयाँ, गोल्ड कप र मेडल र द्वितीय पुरस्कार ३ लाख ५० हजार ३ सय ५५ रुपैयाँ, कप र मेडल राखिएको छ । यतिका ठूलो राशीको पुरस्कार राखेर समुद्री सतहदेखि २ हजार १ सय मिटर उचाइमा आयोजना गरिने फुटवल प्रतियोगिता नेपालमै सम्भवतः पहिलो रहेको स्थानीयको दाबी छ ।

आयोजक पर्यटन व्यवस्थापन समिति स्मार्ट भिलेज घलेगाउँका अध्यक्ष प्रेम घलेले आमन्त्रण गरिएका टिमलाई निःशुल्क खाना बस्नको सुविधा दिइएको बताए । ग्रामीणस्तरमा खेलाउने लमजुङको हालसम्मकै सवैभन्दा ठूलो पुरस्कार राशीको फुटवल प्रतियोगिता पनि यही रहेको घलेले दावी गरे । प्रतियोगितामा सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई नगद १०-१० हजार रुपैयाँ र मेडल प्रदान गरिनेछ ।

प्रकाशित : वैशाख २, २०८१ १९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×