कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

इटहरी गोल्डकपमा एपीएफ र सगरमाथा भिड्दै

अर्जुन सुवेदी

सुनसरी — इटहरी गोल्डकप फुटबल प्रतियोगिताको १४ औं संस्करणको शनिबार सुरु हुँदै छ । यसवर्षदेखि रात्रिकालीन समयमा सुरु हुने गोल्डकपको उद्घाटन खेलमा एपीएफ क्लब र साबिक विजेता सगरमाथा युथ क्लब मोरङबीच प्रतिस्पर्धा हुनेछ । 

इटहरी गोल्डकपमा एपीएफ र सगरमाथा भिड्दै

प्रतियोगिता इटहरी रंगशालामा साँझ साढे ६ बजेपछि फ्लडलाइटमा हुने आयोजक राष्ट्रिय जागृति क्लब इटहरीले जनाएको छ । सगरमाथा क्लब १२ र १३ औं संस्करणको च्याम्पियन हो । १२ औं संस्करणमा त्रिभुवन आर्मीलाई पेनाल्टी शुटआउटमा ४–३ ले र १३ औं संस्करण चर्च व्बाईज युनाइटेडलाई पनि पेनाल्टी शुटआउटमै ६–५ ले पराजित गर्दै सगरमाथाले लगातार दोस्रो पटक उपाधि जितेको थियो ।

शनिबारको खेलमा पनि विजयी सुरुआत गर्दै सगरमाथा टिम इटहरी गोल्डकपको उपाधि ह्याटिक गर्ने मुडमा हुनेछ । पहिलो पटक सहभागिता जनाएको एपीएफ पनि गोल्डकपमा सुखद सुरुआत गर्ने दाउमा छ ।

एक साता चल्ने गोल्डकपमा एक भारतीय र नेपालका गरी ८ टिमको सहभागिता छ । विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ तथा सर्वाधिक गोलकर्ताले २५ हजार पुरस्कार पाउने क्लबका उपाध्यक्ष केशव कार्कीले बताए ।

सर्वोत्कृष्ट खेलाडीलाई १ लाख रुपैयाँ प्रदान गरिने छ । विभिन्न विधामा उत्कृष्ट हुनेले २० हजार र प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार पाउनेछन् । गोल्डकपलाई आगामी वर्ष पनि रात्रिकालीन समयमै आयोजना गरिने प्रतियोगिता संयोजक अनुरोध थापाले जानकारी दिए । त्यसका लागि गत आर्थिक बर्षमा नै इटहरी रंगशालामा फ्लडलाइट जडान गरिएको थियो ।

रंगशालाको उत्तर र दक्षिणतर्फको कुनामा लाइट जडान गरिएको छ । रंगशालामा लाइट जडानका लागि कोशी प्रदेश सरकार खेलकुद विकास बोर्डले गत आवमा ८० लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो । चालु आर्थिक वर्षमा थप रकम उपलब्ध नभएकाले बाँकी लाइट अस्थायी रूपमा जडान गरिएको छ । रंगशालामा ४ हजार दर्शक क्षमताको भीआईपी प्यारापिटसमेत गत वर्ष नै सञ्चालनमा आइसकेको छ ।


प्रकाशित : चैत्र १०, २०८० ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?