कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

अन्तरप्रदेश राष्ट्रिय खेलकुद चैत २ बाट

प्रताप विष्ट

हेटौंडा — वाग्मती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा आगमी चैत २ गतेदेखि अन्तर प्रदेशस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुँदैछ । चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतियोगिताको उद्घाटन गर्ने छन् ।

अन्तरप्रदेश राष्ट्रिय खेलकुद चैत २ बाट

प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको वाग्मती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले बताए । प्रतियोगिताका लागि प्रदेशले फागुन २४ र २५ गते खेलाडी छनौटका लागि कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

प्रतियोगितामा लागि ९ विधामा खेलाडी छनौट गरिने प्रदेश खेलकुद परिषदले जानकारी दिएको छ । उक्त प्रतियोगितामा भलिबल, फुटबल, क्रिकेट, कराते, एथ्लेटिक्स, ब्याड्मिन्टन र पौडी खेल समावेश गरिएको छ ।

प्रदेशले बक्सिङतर्फको खेलाडी भने छनौट गरिसकेको छ । प्रतियोगितामा ७ वटै प्रदेशले आफ्ना खेलाडी छनौट गरेर प्रतियोगितामा सहभागिता जनाउने छन् । प्रदेशभित्रका खेलाडीको पहिचान र खेललाई प्रवर्द्धन गर्न प्रतियोगिता आयोजना गर्न लागेको परिषद्का सदस्य सचिव भण्डारीले वताए ।

वाग्मती प्रदेशले पहिलेदेखि नै प्रतियोगिता आयोजना गर्नका लागि पहल गर्दै आएका कारण वाग्मतीले पहिलो संस्करणको प्रतियोगिता आयोजना गर्ने अवसर पाएको उनको तर्क छ । अन्तर प्रदेश खेलकुद प्रतियोयगता सबै प्रदेशले पालैपालो गर्ने छन् । वाग्मती प्रदेश सरकारले उक्त प्रतियोगिताका लागि ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रतियोगिताका लागि १० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । उक्त प्रतियोगितामा खेलाडी, अफिसियल, निर्णायक र खेलकुद समितीका गरी करिब ५० हजार सहभागी हुने अनुमान गरिएको छ ।

वाग्मती प्रदेश सरकारको प्रमुख लगानी रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई प्रचारप्रसार र निर्माणका लागि सबैको चासो पुर्‍याउन प्रतियोगिताको उद्घाटन कार्यक्रम चितवनमा राखिएको परिषद्ले जनाएको छ ।

चितवनमा क्रिकेट खेलको सुरु गरेर प्रतियोगिताको शुभारम्भ गरिने कार्यक्रम रहेको छ । उद्घाटन कार्यक्रममा सातै वटै प्रदेशका मुख्यमन्त्रीको उपस्थिति रहने जनाएको छ । प्रतियोगिताको समापन चैत ८ गते हेटौडा–५ स्थित पिप्ले रंगशालामा हुनेछ । प्रतियोगिता अन्तर्गत महिला र पुरुष दुवैतर्फको खेल हेटौडामा आयोजना हुनेछ ।

महिलातर्फको खेल गौरिटार रंगशालामा र पुरुषतर्फको फुटबल खेल पिप्ले–क्याम्पा रंगशालामा आयोजना हुनेछ । फुटबलको फाइनल समापनसँगै प्रतियोगिताको पनि समापन गरिने सदस्य–सचिव भण्डारीले जानकारी दिए । प्रतियोगिता अन्तर्गत चितवनमा महिला र पुरुष दुवैतर्फको भलिबल, क्रिकेट, तेक्वान्दो, कराते, एथलेटिक्स, ब्याडमिन्टन र पौडीका खेल आयोजना हुनेछ ।

प्रकाशित : फाल्गुन २१, २०८० २२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×