कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

लिगकप सेमिफाइनलमा चेल्सीविरुद्ध मिडल्सब्रोलाई अग्रता

काठमाडौँ — च्याम्पियनसिप क्लब मिडल्सब्रोले लिगकप सेमिफाइनलको पहिलो लेगमा चेल्सीमाथि मंगलबार १–० को जित रचेको छ । यससँगै दुई लेगको सेमिफाइनलमा मिडल्सब्रो झिनो अन्तरले अगाडि रह्यो ।

लिगकप सेमिफाइनलमा चेल्सीविरुद्ध मिडल्सब्रोलाई अग्रता

रिभरसाइडमा भएको खेलको ३८ औं मिनेटमा हेडेन ह्याक्नीले एक मात्र गोल गरे । महँगा र स्टार खेलाडीले भरिएको प्रिमियर लिग क्लब चेल्सी फेरि एकपल्ट घर बाहिर राम्रो प्रदर्शन गर्न असफल रह्यो ।

चेल्सीले खेलेका घर बाहिरका पछिल्ला ६ खेलमध्ये ५ मा पराजित रहेको छ । पछिल्लो सिजनयता चेल्सी घर बाहिर २१ पल्ट पराजित रहेको छ र यो प्रिमियर लिगका क्लबमध्ये सबैभन्दा खराब प्रदर्शन हो ।

अब सेमिफाइनलको दोस्रो लेग जनवरी २३ मा स्टायनफोर्ड ब्रिजमा हुनेछ । प्रतियोगिताको अर्को सेमिफाइलनको पहिलो लेग बुधबार हुनेछ र त्यसमा लिभरपुल र फुलहम भिड्दै छन् ।

प्रकाशित : पुस २५, २०८० ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?