२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

स्वर्ण पदक विजेता श्रेष्ठ सम्मानित

काठमाडौँ — युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले ५५औं एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी खेलाडी रजनी श्रेष्ठलाई सम्मान गरेका छन् ।

स्वर्ण पदक विजेता श्रेष्ठ सम्मानित

मन्त्रालयमा बोलाएर श्रेष्ठलाई सम्मान गर्दै मन्त्री लिम्बूले स्वास्थ्यमा समस्या देखिए पनि शारीरिक व्यायाम हुँदै बडीबिल्डिङतर्फ अन्तर्राष्ट्रिय पदक विजेता बन्न सफल भएकोमा बधाई दिएका हुन् । उनले श्रेष्ठको जीवन प्रेरणादायी रहेको बताउँदै सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

स्वर्ण विजेता खेलाडी श्रेष्ठले ढिलै भए पनि सम्मान गरेकोमा खुशी व्यक्त गरिन् । उनले गत भदौमा काठमाडौंमा सम्पन्न ५५ औं एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपको ५५ केजी तौल समूहमा भारतीय खेलाडी सविता बानियाँलाई पराजित गर्दै स्वर्ण पदक हात पारेकी थिइन् ।

प्रकाशित : पुस १२, २०८० १४:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?