२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

ताप्लेजुङ गोल्डकपको खेलतालिका सार्वजनिक

आनन्द गौतम

ताप्लेजुङ — ताप्लेजुङ गोल्डकपको खेलतालिका सार्वजनिक भएको छ । लाखेजात्रा खेल सञ्चालक समितिले सोमबार तालिका सार्वजनिक गरेको हो ।  भदौ १४ गतेदेखि २० गतेसम्म हुने गोल्डकपको उद्घाटन खेलमा आयोजक  ताप्लेजुङको मानाभारा युथ क्लब र जुट विकास फुटबल एकेडेमी इटहरी प्रतिस्पर्धा हुने भएको छ । 

ताप्लेजुङ गोल्डकपको खेलतालिका सार्वजनिक

भदौ १८ र १९ गते सेमिफाइनल र २० गते फाइनल खेल हुनेछ । भानुजन माविको मैदानमा हुने प्रतियोगितामा अधिकांश क्लबले विदेशी र ‘ए’ डिभिजनका खेलाडी ल्याउने खेल सञ्चालक समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिए । ‘अहिले प्रतियोगिता नभएकाले अधिकांश खेलाडी फुर्सदमा रहेको पाइएको छ,’ गुरुङले थपे, ‘झापा, मोरङका क्लबले विदेशी र ‘ए’ डिभिजनका खेलाडी ल्याउने संकेत गर्नु भएको छ ।’

प्रतियोगिताको विजेता टिमले ३ लाख रुपैयाँ र उपविजेताले १ लाख ५१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । २०२९ सालदेखि सुरु भएको प्रतियोगिता दुई वर्ष कोरोना र एक वर्ष खेल मैदानको अभावमा रोकिएको थियो । यो वर्ष पनि आयोजक आफैंले मैदान बनाउनु परेको अध्यक्ष गुरुङ बताउॅछन् ।

दर्शकका लागि यो वर्ष सेमिफाइनलसम्म एक सय, सेमिफाइनलमा दुई सय र फाइनलमा २ सय ५० रुपैयाँ टिकटदर निर्धारण गरिएको छ ।

प्रकाशित : भाद्र ११, २०८० १९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?