कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

दोस्रो शतक बनाउन चुके कुशल

विनोद पाण्डे

काठमाडौँ — कुशल भुर्तेल एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो शतक बनाउने पहिलो नेपाली खेलाडी बन्ने मौकाबाट चुकेका छन् । जिम्बावेविरुद्ध हरारेमा कुशलले विश्वकप छनोटमा ९९ रन बनाएपछि बोल्ड हुन पुगे । वेलिङटन मासाकाद्जाले बोल्ड गरेपछि कुशल नर्भस ९९ को शिकार भए । 

दोस्रो शतक बनाउन चुके कुशल

कुशलले ९५ खेल्दै १३ चौका र २ छक्का प्रहार गरे । कुशलले आसिफ शेखसँग पहिलो विकेटमा १ सय ७१ रनको साझेदारी गरे । एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको यो सबैभन्दा ठुलो साझेदारी हो । आसिफ र ज्ञानेन्द्र मल्लले नामिबियाविरुद्ध फेब्रुअरीमा दोस्रो विकेटमा १ सय ३९ रन जोडेका थिए ।

कुशल ३२ औं ओभरमा आउट भए । कुशलले यसअघि फेब्रुअरी १४ मा नामिबियाविरुद्ध विश्वकप लिग २ मा यसअघि १ सय १५ रन बनाएका थिए । यसअघि पारस खड्का, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख र कुशल मल्लले एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाएका थिए ।

कुशलले १ रनमै जीवनदान पाएका थिए । चौथो ओभरमा रिचर्ड नगराभाको बलमा पहिलो स्लिपमा सिकन्दर राजाले क्याच छाडेका थिए । त्यसपछिको अर्को ओभरमा कुशलले टेन्डेइ चतारालाई दुई चौका प्रहार गरे ।

प्रकाशित : असार ३, २०८० १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?