कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

दोस्रो संस्करणको एनएसएल मंसिर ४ देखि

काठमाडौँ — दोस्रो संस्करणको फ्रान्चाइज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल) मंसिरको पहिलो साता सुरु हुने भएको छ । नेपाल स्पोर्ट्स एन्ड इन्भेस्टमेन्ट म्यानेजमेन्टले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मंसिर ४ बाट प्रतियोगिता सुरु हुने जनाएको हो । प्रतियोगिता पुस २१ सम्म चल्नेछ । 

दोस्रो संस्करणको एनएसएल मंसिर ४ देखि

आयोजक नेपाल स्पोर्ट्स एन्ड इन्भेस्टमेन्ट म्यानेजमेन्टले अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको छलफलपछि नयाँ मिति घोषणा गरेको हो । यसपल्टको प्रतियोगितामा कुल १० टिमको सहभागिता रहनेछ ।

गत वर्षको प्रतियोगिताबाट तीन टिमको संख्या बढाएर १० पुर्‍याइएको हो । यसपल्ट सहभागी हुने टिममा डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्ससँगै विराटनगर सिटी, वीरगन्ज युनाइटेड, बुटवल–लुम्बिनी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, ललितपुर सिटी, पोखरा थन्डर्स र स्पोर्टिङ इलाम रहेका छन् ।

प्रकाशित : जेष्ठ ३२, २०८० १४:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?