कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

कराते महासंघको जिम्मेवारी पूर्व सदस्यसचिव लामालाई

काठमाडौँ — करातेका संस्थापकमध्ये एक युवराज लामाको अध्यक्षतामा नेपाल कराते महासंघको तदर्थ समिति गठन गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्यसचिव रहेका लामाको अध्यक्षतामा बिहीबार २१ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरिएको हो । अघिल्लो तदर्थ समितिमा कार्यबाहक अध्यक्षको जिम्मेवारीमा रहेका दावा गुरुङ सहअध्यक्ष बने ।

कराते महासंघको जिम्मेवारी पूर्व सदस्यसचिव लामालाई

उपाध्यक्षमा पुरेन्द्रविक्रम लाखे, महासचिवमा हरिशरण केसी, सहमहासचिवमा ओमकृष्ण प्रसाईं, सचिवमा श्याम शेर्पा र बीआर मित्र तथा कोषाध्यक्षमा सानुलाल श्रेष्ठ छन् ।

सदस्यमा राजेन्द्र बराल, देव लामा, मजेन्द्र सिंह, नारायणबहादुर मगर, यादव काफ्ले, ध्वजमान मोक्तान, निवासगोपाल वैद्य, ध्रुवविक्रम मल्ल, तारा वली, दुर्गा गौतम परियार, रवि महर्जन, डोल्मा लामा साह र किशोरप्रसाद भट्टराई छन् ।

उहीहरूलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीबारै मनोनयन पत्र हस्तान्तरण गरे । महासंघले ३ महिनाभित्र विधान मस्यौदा तयार गरी राखेपबाट स्वीकृत गराएर साधारणसभा तथा निर्वाचन गर्नु पर्नेछ । अघिल्लो तदर्थ समितिका अध्यक्ष शम्भु आचार्यलाई २०७५ फागुन १४ गते ३ महिनाभित्र महासंघको विधान संशोधन गरी निर्वाचन गर्ने जिम्मेवारी प्रदान गरिएको ४ वर्षसम्म समितिले विधान संशोधन र निर्वाचन गर्न सकेन ।

सदस्य–सचिव घिसिङले ऐतिहासिक आवश्यकताका हिसाबले लामालाई अध्यक्षको जिम्मेवारी दिइएको बताउँदै गौरवपूर्ण इतिहास बोकेको करातेलाई गति दिनुपर्नेमा जोड दिए ।

अध्यक्ष लामाले संस्था र खेलाडीको हित ध्यानमा राखेर अगाडि बढ्ने प्रतिबद्धता जनाए । उनले ३ महिनाभन्दा अघि नै निर्विवाद रूपमा चुनाव सम्पन्न गर्ने वाचा गरे ।

सहअध्यक्ष गुरुङले सम्बन्धित विज्ञले सम्बन्धित संस्थाको नेतृत्व गरेमात्र संस्थाको विकास हुने मान्यता आत्मसात्को बताए ।

प्रकाशित : माघ १२, २०७९ २०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?