कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

न्यु डायमन्ड र पुलिसको उपाधि प्रतिस्पर्धा

काठमाडौँ — होङग्वान्जी न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको फाइनलमा पुगेका छन् । महिलातर्फ साविक विजेता न्यु डायमन्डले त्रिभुवन आर्मी क्लबलाई ३–१ सेटले पराजित गरेको हो ।

न्यु डायमन्ड र पुलिसको उपाधि प्रतिस्पर्धा

आर्मीले पहिलो सेट २५–१७ ले जितेर उत्कृष्ट सुरुआत गरेको थियो । डायमन्ड खेलमा फर्कंदै लगातार तीन सेटलाई आफ्नो पक्षमा पार्दै फाइनल प्रवेश गरेको हो । डायमन्डले आर्मीमाथि २५–१९, २५–१६, २५–१८ को जित निकाल्यो । उपाधिका लागि डायमन्डले विभागीय टोली नेपाल पुलिसको सामना गर्नेछ । एउटै समूहमा रहेको पुलिससँग समूह चरणमा डायमन्ड पराजित हुँदै उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको थियो ।

पुलिसले नेपाल एपीएफ क्लबमाथि संघर्षपूर्ण जित हात पार्‍यो । पहिलो सेट २५–१५ ले जितेको पुलिस दोस्रो र तेस्रो सेट १७–२५ र २१–२५ ले गुमाउन पुग्यो । त्यसपछि आफ्नो खेलमा सुधार गर्दै पुलिस खेलमा फर्कियो । पुलिसले चौथो सेट २५–२१ ले जित्दै खेललाई २–२ सेटको बराबरीमा ल्यायो । अन्तिम तथा निर्णायक सेटमा १५–७ ले एपीएफलाई पछाडि पार्दै पुलिस फाइनल प्रवेश गरेको हो ।

नेपाल भलिबल संघको आयोजनामा राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको च्याम्पियनसिपको पुरुषतर्फ साविक विजेता आर्मी फाइनल प्रवेश गरेको छ । आर्मीले एपीएफमाथि २५–२३, २५–१७, २५–१७ को जित निकाल्यो ।

अर्को सेमिफाइनलमा पाकिस्तानी खेलाडीले सुसज्जित टिपटप हेल्प नेपालले निकै नै संघर्षपूर्ण खेलमा जित निकाल्दै उपाधिका लागि आर्मीसँगको भेट पक्का गरेको हो । पहिलो सेट २५–२१ ले जितेको हेल्प नेपाल दोस्रो सेट २४–२६ ले पुलिसलाई सुम्पन पुग्यो । तेस्रो सेट पुनः २५–१७ ले आफ्नो पक्षमा पार्न सफल हेल्प नेपाल चौथो सेट फेरि २०–२५ ले पुलिसलाई दिन बाध्य भयो । अन्तिम तथा निर्णायक खेलमा १५–८ को जित निकाल्दै हेल्प नेपाल फाइनल प्रवेश गर्न सफल भएको हो ।

प्रकाशित : माघ १, २०७९ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?