कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

आहा रारा पोखरा गोल्डकप : संकटा फाइनलमा 

अनिश भट्टराई

गण्डकी — २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा संकटा क्लब फाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधबार भएको खेलमा साविक विजेता विभागीय टोली एपीएफ फुटबल क्लबलाई ४–१ ले हराउँदै संकटा फाइनल पुगेको हो । संकटाको जितमा मेसुकी र स्टेफेन बिनोङले २/२ गोल गरे । 

आहा रारा पोखरा गोल्डकप : संकटा फाइनलमा 

एपीएफका लागि हरि कार्कीले १ मात्र गोल गरे । संकटाले खेलमा सुरुबाट नै दबाब बनाएको थियो । संकटाका लागि बिनोङले खेलको चौंथो मिनेटमै गोल गरेका थिए । पछि मेसुकीले ४०औं मिनेटमा गोल गरे भने बिनोङले पनि ६०औं मिनेटमा गोल गरे ।

एपीएफले ७३ औं मिनेटमा गोल फर्काए पनि मेसुकीले ८५औं मिनेटमा गोल गरेपछि संकटाले सहजै खेल जित्यो । संकटाले फाइनलमा चर्च ब्वाइज र भुटानी युथ स्पोर्टस् क्लब, अमेरिकाबीचको विजेतासँग खेल्नेछ ।

प्रकाशित : पुस २०, २०७९ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?