अल्बर्ट आइन्सटाइनको दिमाग संग्रहालयमा राखिएको थाहा पाएपछि पोखराका अभिनाश अधिकारी (२०) अचम्ममा परे । यसले उनलाई अचम्मितमात्र नभई, जिज्ञासु पनि बनायो । अनि, आइन्सटाइनबारे पढ्न र खोज्न थाले । जन्मिएको ३ महिनामै औषधिको ओभरडोजका कारण उनको खुट्टा नचल्ने भएको थियो ।
निर्माणाधीन मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको पोखरा महानगरपालिका–१६ मा पर्ने खण्डको काम रोकिएको छ । काली खोलादेखि महेन्द्र गुफा खण्ड र याम्दी पुलसम्म सडक निर्माणको काम रोकिएको हो ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत सबैभन्दा बढी विद्यार्थी रहेको पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अनिश्चित बनेको छ । शनिबार तोकिएको उम्मेदवारी मनोनयन दर्ता हुन नसकेपछि निर्वाचन अनिश्चित भएको हो ।
पोखरास्थित फेवातालमा डुंगा डुब्दा बेपत्ता भएका ६ जनाको उद्धार भएको छ । वडा प्रहरी कार्यालय बैदामका डीएसपी वेद जोशीका अनुसार ५ जना सकुशल फेला परेका छन् भने एक वृद्धालाई बेहोस अवस्थामा तालबाट निकालिएको छ।
ढुंगा अनेक भावना बोकेर बसेका छन् । भोक, तिर्खा, प्रेम, वात्सल्य, जवानी, बुढ्यौली ढुंगाले देखाएका छन् । ढुंगाका आकृतिले गीत गाएझैं गरेका छन्, गितार बजाएझैं उभिएका छन् ।
कास्कीको मादी गाउँपालिका–१२ भगवतीटारमा आलु महोत्सव चलिरहेको थियो । बाँझा खेतमा बाँसले बनाइएका स्टलमा स्थानीय उत्पादन लहरै राखिएका छन् । स्थानीय कृषकको उत्पादनले बजार पाउन मुस्किल भएपछि गाउँमै महोत्सव राखिएको थियो । त्यही स्टलका लहरमा भेटिए ३५ वर्षीय इमानबहादुर गुरुङ ।
अघिल्लो वर्ष हिउँदमा प्रसस्त पानी पर्दा पोखरा २१ कृष्तीका उमनाथ सुवेदीको सुन्तला खेती फस्टायो । उनले ५ लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गरे । यस वर्ष भने हिउँदमा खडेरी लाग्दा उनलाई अघिल्लो वर्षको जति व्यापार नहुने चिन्ता थियो ।
केन्याका स्टेफेन कोस्गेइले १७ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनको उपाधि जितेका छन् । कोस्गेइले लगातार पोखरा म्याराथन जितेका छन् । शनिबार पोखरा रंगशालाबाट सुरु म्याराथनमा उनले २ घण्टा २० मिनेट ७ सेकेन्डमा दूरी ४२.१९५ किलोमिटरको दौड पूरा गरे । यसअघि १६ औं संस्करणमा कोस्गेइले २ घण्टा १९ मिनेट ४३ सेकेन्डमा दूरी पूरा गरेका थिए ।