कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६१

आहा-रारा पोखरा गोल्डकप : एपीएफ सेमीफाइनलमा

दीपक परियार

पोखरा — धरान फुटबल क्लबलाई २–० ले हराउँदै डिफेन्डिङ च्याम्पियन एपीएफ २२ औं आहा–रारा पोखरा गोल्ड कपको सेमीफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा शनिबार एपीएफका लागि विकु तामाङ र युवराज खड्काले गोल गरे ।

आहा-रारा पोखरा गोल्डकप : एपीएफ सेमीफाइनलमा

खेलको ३७ औं मिनेटमा बुद्धिमान राईले सेन्टरबाट मिलाएको लामो पासलाई कलेक्ट गर्दै विकु तामाङले गोल गरेर सुरुआती अग्रता दिलाए । उनले धरानका डिफेन्स मनोज राई र सुनज विकलाई बिट गर्दै डी एरियाभित्रबाट गरेको ड्रप सट गोलमा परिणत भएको थियो । धरानका गोलकिपर सौरभ बरालले टप कर्नरसम्म बललाई हेरिरहे पनि कलेक्ट गर्न सकेनन् । उनको पोजिसनको अनुमान लगाउँदै विकुले गरेको चलाखीपूर्ण फिनिसिङले जालीको दिशा लियो ।

खेलको ४० औं मिनेटमा युवराज खड्काले गोल गर्दै एपीएफको अग्रता दोब्बर पारे । एपीएफका प्रदीप लामाले ३ भर्सेस ३ को अवस्थामा खड्कालाई पास दिए । खड्काबाट विकु तामाङले कलेक्ट गर्दै डी बक्स बाहिरबाट प्रहार गरेर । उनको प्रहारमा विपक्षी गोलकिपरले पञ्च गर्दा रिबाउन्ड बलमा खड्काले गोल गर्दै विभागीय प्रभुत्व कामय गरे । खेलमा एपीएफका विकु तामाङ म्यान अफ दी म्याच भए ।

धरानले उद्घाटन खेलमा आयोजक सहारा क्लब १–० ले लाई हराएर क्वार्टरफाइनल प्रवेश गरेको थियो । एपीएफ डिफेन्डिङ च्याम्पियन भएकोले सिधै क्वार्टरफाइनल खेलेको हो । एपीएफले पुस २० मा त्रिभुवन आर्मी र संकटा क्लबबीच हुने खेलको विजेतासँग सेमीफाइनलमा भिड्ने छ ।

प्रतियोगिताअन्तर्गत आइतबार चर्च ब्वाइज युनाइटेड फुटबल क्लब र मछिन्द्र फुटबल क्लबबीच क्वार्टरफाइनल हुने छ ।

प्रकाशित : पुस १६, २०७९ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?