कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६०

दुई आत्मघाती गोलले लिभरपुल विजयी

एजेन्सी

लन्डन — वट फेसले दुई आत्मघाती गोल गरेपछि लिरभपुलले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई शुक्रबार २–१ ले हराएको छ । सन् २०२२ को अन्तिम लिग खेलमा लिभरपुल एक गोल पछाडि रहेको स्थितिबाट जित निकाल्न सफल भएको हो ।

दुई आत्मघाती गोलले लिभरपुल विजयी

लेस्टरले किरनन डेवसबरीको गोलले सुरुमै अग्रता लिए पनि लिभरपुललाई दुई आत्मघाती गोलको उपहार दिन बाध्य रह्यो । यो जितपछि लिभरपुलको २८ अंक भएको छ र छैटौं स्थानमा छ ।

शुक्रबारकै अर्को खेलमा ब्रेन्फोर्डले वेस्ट ह्यामलाई २–० ले हरायो । ब्रेन्टफोर्डका लागि इयान टोनी र जोस डा सिल्भाले गोल गरे ।

प्रकाशित : पुस १६, २०७९ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?