कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

दिवसले जिते दौड उपाधि

ताप्लेजुङ — तमु ल्होसार २०७९ को अवसरमा आयोजित मिनी म्याराथन नाम दिइएको ९ किमिको पुरुष दौड प्रतियोगिता दिवस लिम्बुले जितेका छन् । महिला ५ किमि दौडको उपाधि पेम्बाल्हामु शेर्पाले जितेकी छन् ।

दिवसले जिते दौड उपाधि

फक्ताङलुङ गाउॅपालिका–३ लिंखिमका दिवसले १ घण्टा १५ मिनेटमा दुरी तय गरे । १ घण्टा १८ मिनेटबाट फक्ताङलुङ–३ कै सुगम पतङ्वा लिम्बु दोस्रो र १ घण्टा १९ मिनेटबाट मैवाखोला गाउॅपालिका–१ ढुंगेसाॅघुका दीपेन्द्र सुजी तेस्रो भए ।

उनीहरूलाई तोक्मेडाॅडास्थित सेनाको गुल्मदेखि सदरमुकाम फुङलिङबाट गुम्बाडाॅडा सुकेटार हुॅदै तोक्मे ब्यारेकसम्म दौडाइएको थियो । उनीहरूले क्रमश ः १२, १० र ५ हजार रुपैयाँ पुरस्कार पाए । मिक्वाखोला–३ लिवाङकी पेम्बाल्हामुले ५३ मिनेट ५७ सेकेन्डमा दुरी पार गरिन् । ५६ मिनेट ५१ सेकेन्ड लिएकी फुङलिङ नगरपालिका–९ हाङदेवाकी आरती गुरुङ दोस्रो भइन् । ५९ मिनेटबाट मिक्वाखोला–३ कै ङिमाजाङमु शेर्पा तेस्रो भइन् । महिला विजेताले ८, दोस्रोले ४ र तेस्राले ३ हजार रुपैयाँ पाए ।

तमु ल्होसार आयोजक समितिका सदस्य राजन गुरुङका अनुसार पुरुष भलिबल, दौड, चेसलगायतका प्रतियोगिता आयोजना गरिएको हो ।

तमु ल्होसारको अवसरमा ताप्लेजुङ सदरमुकाम फुङलिङमा आयोजित महिला दौड प्रतियोगिताका विजेताहरु । तस्बिर : आनन्द गौतम/कान्तिपुर

प्रकाशित : पुस १४, २०७९ २१:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×