२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी पुरस्कारबाट अनन्त तामाङ पुरस्कृत

दीपक परियार

पोखरा — सहारा क्लबले यस वर्ष सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी पुरस्कारबाट अनन्त तामाङलाई पुरस्कृत गरेको छ । २२ औं आहा–रारा पोखरा गोल्डकपको उद्घाटनमा बिहीबार उनलाई आयोजक क्लबले पुरस्कृत गरेको हो । पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ । 

सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी पुरस्कारबाट अनन्त तामाङ पुरस्कृत

राष्ट्रिय टोलीका डिफेन्डर तामाङलाई उद्घाटन समारोहका प्रमुख अतिथि पोखरा महानगरका मेयर धनराज आचार्यले पुरस्कारबाट सम्मान गरे ।

यसअघि भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल र अन्जन विस्टले उक्त पुरस्कार प्राप्त गरिसकेका छन् । गत वर्ष उक्त पुरस्कारको राशि ३५ हजार रुपैयाँ रहेको थियो । यस वर्ष पुरस्कार राशिमा १५ हजार रुपैयाँ थप भएको हो ।

प्रकाशित : पुस १४, २०७९ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?