कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

एनभीए च्याम्पियनसीप पुस २४ देखि

काठमाडौँ — नेपाल भलिबल संघले सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसीप यसै महिनाको अन्तिम साता गर्ने भएको छ ।

एनभीए च्याम्पियनसीप पुस २४ देखि

पुस २४ देखि माघ १ सम्म त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने प्रतियोगितामा पुरुषतर्फ १५ र महिलातर्फ ८ टिमले प्रतिस्पर्धा गर्ने संघले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । सबै खेल लिगकम नकआउटका आधारमा हुनेछ ।

पुरुषतर्फ त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ, टिपटप हेल्प नेपाल स्पोर्टस क्लब, नयाँबजार सामाजिक युवा क्लब, दाँवाली मिलन क्लब, बाग्लुङको गल्कोट स्पोर्टस क्लब, बुटवलको मणिमुकुन्द भलिबल क्लब, जावलाखेल भलिबल ट्रेनिङ सेन्टर, वाग्मती प्रदेश, बूढानीलकण्ठ भलिबल क्लब, रामेछापको शैलुङ बागढुंगा युवा क्लब, गण्डकी, मधेस र सुदूरपश्चिम प्रदेशसहित १५ टिमले भाग लिने छन् ।

महिलामा एपीएफ, पुलिस, आर्मी, न्यू डायमन्ड युथ स्पोर्ट्स क्लब, जावलाखेल भलिबल ट्रेनिङ सेन्टर, गण्डकी प्रदेश, ढोरपाटन स्पोर्ट्स क्लब र एभरेस्ट भलिबल क्लब बुटवलसहित ८ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

दुवैतर्फ समान विजेताले ४ लाख, उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले २५ हजार पुरस्कार पाउँदा विधागततर्फ उत्कृष्ट लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पाउनेछन् ।

यस प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा पुरुषतर्फ उत्कृष्ट ८ टिम र महिलातर्फ ६ टिमले सातौं आरबीबी–एनभीए क्लब लिग भलिबलमा भाग लिने पाउने संघका महासचिव रोशन श्रेष्ठले बताएका छन् । हरेक टिमले बढीमा तीन विदेशी खेलाडी समावेश गर्नसक्ने प्रावधान छ ।

प्रकाशित : पुस १२, २०७९ २०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?