कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लुम्बिनीको लगातार दोस्रो जित

काठमाडौँ — नेपाल टी–२० लिगमा लुम्बिनी अलस्टार्सले आइतबार लगातार दोस्रो जित निकालेको छ । टियू मैदानमा लुम्बिनीले विराटनगर सुपर किङ्सलाई तीन रनले पराजित गरेको हो ।

लुम्बिनीको लगातार दोस्रो जित

लुम्बिनीले जितका लागि दिएको एक सय ५८ रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभर नै ब्याटिङ गरे पनि छ विकेट गुमाउँदै एक सय ५४ रन मात्र बनाउन सक्यो ।

विराटनगरका लागि हुसेन टलटले सर्वाधिक ३९ रनको योगदान दिए । लुम्बिनीका लागि किशोर महतोले दुई लिए । यसअघि टस लुम्बिनीले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ५७ रनको स्कोर तयार पारेको थियो ।

त्यसमा लाहिरु मिलान्थाले ६३ बलमा पाँच चौका र चार छक्काको मदतले नटआउट हुँदै सर्वाधिक ९० रन बनाए ।

प्रकाशित : पुस १०, २०७९ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?