कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

नेपाल लगातार दोस्रो खेलमा पराजित

काठमाडौँ — बंगबन्धु एसियाली यू–२३ सेन्ट्रल एसियाली जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपमा शुक्रबार नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । नेपाल श्रीलंकाको हातबाट ३–० को सोझो सेटमा पराजित भएको हो ।

नेपाल लगातार दोस्रो खेलमा पराजित

श्रीलंकाले नेपाललाई २६–२४, २५–१८ र २५–१७ ले पराजित गरेको छ । यस हारपछि नेपालको उपाधिको सम्भावना पनि समाप्त भएको छ । यसअघि नेपाल आयोजक बंगलादेशसँग पराजित भएको थियो ।

अब नेपालले शनिबार लिग चरणको आफ्नो अन्तिम खेलमा किर्गिस्तानको सामना गर्नेछ ।

प्रकाशित : पुस ८, २०७९ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?