कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

टोखा मेयर कप जितकुन्डो शुक्रबार

काठमाडौँ — नेपाल जितकुन्डो मार्सल आर्ट संघको आयोजनामा तेश्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जितकुन्डो मार्सल आर्ट प्रतियोगिता शुक्रबार सुरु हुँदै छ ।

टोखा मेयर कप जितकुन्डो शुक्रबार

प्रतियोगितामा ४ राष्ट्रका ९० खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष रामबहादुर ठकुरीले जनाएका छन् । नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहने आयोजकले जनाएको छ ।

पुरुषमा ८ र महिलामा २ गरी १० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । सबै स्पर्धाका पदक विजेतालाई नगदबाट पुरस्कृत गरिने छ । टोखा नगरपालिकाको मुख्य प्रायोजनामा हुन लागेको दुईदिने प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछ ।

प्रतियोगितालाई लक्षित गरी सञ्चालन गरिएको सातौं जितकुन्डो सेमिनार बिहीबार सम्पन्न भएको छ । राखेप हातामै भएको दुईदिने सेमिनार अन्तर्राष्ट्रिय जितकुण्डो प्रशिक्षक सिफु जोक्युन मार्शिलोले सञ्चालन गरेका थिए । उनलाई आयोजक संघका महासचिव समेत रहेका प्रमुख प्रशिक्षक शिवबहादुर थापाले सहयोग गरेका थिए ।

प्रकाशित : मंसिर २२, २०७९ २२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×