नविताको विजयी सुरुआत

काठमाडौँ — विश्व टेबलटेनिस च्याम्पियनसिपको क्षेत्रीय छनोट साउथ एसियन रिजनल च्याम्पियनसिप २०२० मा नेपालकी नविता श्रेष्ठसँगै संयोग कपाली र विनेश खनियाँले विजयी सुरुआत गरेका छन् ।

नविताको विजयी सुरुआत

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा खेलमा महिला एकलतर्फ नविताले श्रीलंकाकी तमादिका भिध्यालाई सोझो सेटमा पराजित गरिन् ।

सहज जित निकाल्ने क्रममा नविताले ११–३, ११–९, ११–१० ले हराइन् । समूह ‘डी’ को खेलमा संयोगले बंगलादेशका नाफिज इक्बालाई सोझो सेटमा पराजित गरे । संयोगले ११–६, ११–६, ११–९ को नतिजा निकाले ।

विनेशले बंगलादेशका फहाद ख्वाजालाई ३–२ को सेटमा पराजित गरे । उनले ११–८, ९–११, ३–११, ११–६, ९–११ को जित निकाले । समूह ‘एफ’ मा विनेश २ अंकसहित शीर्षस्थानमा छन् । पुरुषतर्फ समूह ‘ए’ को खेलमा नेपालका शिवसुन्दर गोथे भारतका सनिलशंकर सेठीसँग सोझो सेटमा पराजित भए ।

समूह ‘सी’ नेपालका रुविन महर्जन पाकिस्तानका मोहम्मद साह खानसँग ३–२ को सोझो सेटमा पराजय बेहोरे । निकै प्रतिस्पर्धात्मक बनेको समूह ‘ई’ मा नेपालका प्रदीप रोक्का पाकिस्तानका फैजान जहुरसँग ३–२ सेटले पराजित भए । महिलातर्फ इभाना थापा भारतकी रिथ रिस्यासँग ३–० को सोझो सेटमा पराजित भइन् । इभानाले खेल ११–२, ११–५, ११–४ ले गुमाइन् ।

समूह ‘सी’ मा दुवै खेल जितेकी भारतीकी रिथ ४ अंक जोड्दै शीर्षस्थानमा रहिन् । रविना महर्जन समूह ‘डी’ को खेलमा श्रीलंकाकी कसुनीहिमाया पिटिगालासँग ३–१ को सेटमा पराजित भइन् । समूह ‘ई’ मा शिखा श्रेष्ठ भारतकी दियापाराङ चित्तलसँग ३–० कै सोझो सेटमा पराजित भइन् । समूह ‘जी’ मा एलिना महर्जन श्रीलंकाकी महिसालिन्दा गस्टसँग ३–० को सोझो सेटमा हार बेहोरिन् ।

प्रकाशित : मंसिर २२, २०७९ २१:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?