कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्षेत्रीय टेबल टेनिस छनोटलाई ‘अनर’ को साथ

काठमाडौँ — विश्व टेबल टेनिसको दक्षिण एसियाली छनोटका लागि ‘अनर’ कम्पनीले सर्वाधिक रकमको प्रायोजन गरेको छ । अखिल नेपाल टेबल टेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्य तथा ‘अनर’ का लागि सेल्ट्रान नेपाल प्रालिका सीईओ राहुल राठीले मंगलबार प्रायोजन सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

क्षेत्रीय टेबल टेनिस छनोटलाई ‘अनर’ को साथ

सम्झौताअनुसार ‘अनर’ ले पाँच लाख रुपैयाँ प्रदान गर्नेछ । मंसिर २२ देखि २५ सम्म आयोजना हुने प्रतियोगिता नेपाली टेबल टेनिस प्रतियोगिता नेपालमा आयोजना हुन लागेको अहिलेसम्मकै ठूलो प्रतियोगिता हो । प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका ६ देशको सहभागिता रहनेछ ।

यसमा छनोट हुने खेलाडीका लागि विश्व च्याम्पियनसिपको बाटो खुल्नेछ । प्रतियोगितामा विश्व वरीयताको उच्च स्थानमा रहेका खेलाडीले सहभागिता जनाउने छन् । प्रायोजक सम्झौताका क्रममा प्रथम उपाध्यक्ष बज्राचार्यले ‘अनर’ को यस कीर्तिमान प्रायोजक अनुबन्धले नेपालमा टेबल टेनिस विकासमा अझ सहयोग पुग्ने विश्वास पोखे ।

प्रकाशित : मंसिर २०, २०७९ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?