कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सूर्य नेपाल गल्फ टुर मंगलबारदेखि

काठमाडौँ — सूर्य नेपाल गल्फ टुरको यस सिजनको पहिलो प्रतियोगिताको रूपमा सूर्य नेपाल काठमाडौं ओपन मंगलबार सुरु हुँदै छ । चार दिने स्पर्धा रोयल नेपाल गल्फ क्लबमा हुनेछ ।

सूर्य नेपाल गल्फ टुर मंगलबारदेखि

आयोजक नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनले पत्रकार सम्मेलन गर्दै टुरमा हुने प्रतियोगिताको मिति सावर्जनिक गरेको छ । यस सिजन सूर्य नेपाल गल्फ टुरमा आठ प्रतियोगिता हुनेछन् ।

त्यसमा काठमाडौं ओपनसहित सूर्य नेपाल इस्टर्न ओपन (२१–२४ डिसेम्बर), सेन्ट्रल ओपन (१६–१९ जनवरी), एनपीजीए म्याच प्ले (१–३ फेब्रअरी), वेस्टर्न ओपन (२२–२५ फेब्रुअरी), सूर्य नेपाल च्यालेन्ज (१४–१७ मार्च) एनजीपीए टुर च्याम्पियनसिप (१२–२१ अप्रिल) र सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप (८–१२ मे) रहेका छन् । सबै प्रतियोगिताको गरी ६१ लाख ८५ हजार रुपैयाँ रहेको एसोसिएसनका महासचिव दीपक आचार्यले बताए ।

आरएनजीसीमा मंगलबार सुरु हुने काठमाडौं ओपनमा ३१ व्यावसायिक र शीर्ष स्तरमा ५ एमेच्योर खेलाडीले भाग लिने अध्यक्ष रवीन्द्रमान श्रेठले जानकारी गराए । उनका अनुसार नेपालका नम्बर एक तथा प्रोफेसनल गल्फ टुर इन्डियामा खेलिरहेका शुक्रबहादुर राई, भुवन नगरकोटी, धन थापा, सञ्जय लामा, रामे मगर, रवि खड्कालगायतले प्रतिस्पर्धा गर्नेछन् ।

कुल ६ लाख ७० हजार पुरस्कार राशिको काठमाडौं ओपनमा विजेताले १ लाख १६ हजार, उपविजेताले ७४ हजार र तेस्रो हुने ६३ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । शीर्ष २१ स्थानका खेलाडीले नगद पुरस्कार पाउनेछन् ।

अध्यक्ष श्रेष्ठले सूर्य नेपाल गल्फको यो १५ औं संस्करण रहेको बताउँदै यस वर्ष पुरस्कार राशिमा ५ प्रतिशत वृद्धि गरिएको बताए । प्रतियोगिता सूर्य नेपाल प्रालिले प्रायोजन गर्दै आएको छ । उनले हरेक प्रदेशमा एउटा गल्फ कोर्स मात्र बनाउन सकिए गल्फमार्फत टुरिजमको दायरा फराकिलो हुने बताए ।

प्रकाशित : मंसिर १९, २०७९ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?